नवराज बेल्वासे, कपिलवस्तु ।
‘हामी सेवा गछौँ’ भन्ने मुल नाराका साथा सामाजिक सेवामा क्रियाशिल लायन्स क्लव अफ कपिलवस्तु ३२५ पि लायन्स वर्ष २०२२/२३ राम शुभागे थारुको नेतृत्वमा रहेको समितिले लायन्स वर्ष २०२३/२४ लाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
वाणगंगा नगरपालिका स्थित मायादेवी रिसोर्टमा आयोजित पद हस्तान्तरण कार्यक्रम लुम्बिनी प्रदेश पुर्व स्वास्थ्य मन्त्री तथा संसाद विष्णु पन्थीको प्रमुख आथितियतामा सम्पन्न भएको थियो ।

आयोजित कार्यक्रमममा वर्ष २२/२३ का अध्यक्ष राम शुभागे थारुले २३/२४ का अध्यक्ष ओम प्रकाश घिमिरेलाई पद हस्तान्तरण गरे भने २२/२३ का सचिव शान्तराज गैरेले २३/२४ का सचिव राम प्रसाद भुसाललाई गैरेले आफ्नो सचिवको जिम्मेवारी प्रदान गदैँ रजिस्टार हस्तान्तरण गरेका थिए भने २२/२३ का कोषाध्यक्ष दामोदर पन्थीले २३/२४ का कोषाध्यक्ष गिरीराज कडेललाई क्लवको आर्थिक हिसाव हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा लायन्स कपिलवस्तुको आधिकारिक वेबसाइट सार्वजनिक समेत गरेको छ । www.lcKapilvastu.com नाम मा क्लवले आफ्नै वेबसाइट वर्ष २०२२/२३ ले सार्वजनिक गरेको छ भने वर्ष २०२३/२४ ले लायन्स क्यालेन्डर बिमोचन गरेको छ ।

क्लवलाई बलियो बनाउने भन्दै क्लवले सुरु गरेको अभियान KLF लाई डिस्ट्रिक द्धितिय गर्भनर बालाराम भट्टराईले १० हजार भन्दा बढी र क्लवका पुर्व अध्यक्ष सुरेन्द्र घिमिरेले ३१ हजार भन्दा बढी KLF लाई डोनेट गर्नुभएको थियो ।
आयोजित छैठौँ पद हस्तान्तरण कार्यक्रममा लायन्स डिस्ट्रिक ३२५ पिका इलेक्ट गर्भनर अर्जुनमान सौँजु, प्रथम गर्भनर , द्धितिय गर्भनर वालाराम भटट्राई, डिस्ट्रिक सचिव सन्दिप कशौधनको विशिष्ठ आथितियता रहेको कार्यक्रममा वाणगंगा नगरपालिकाका शिक्षा शाखा प्रमुख खिम बहादुर जि.सी सहित जिल्लाका विभिन्न संघसंस्थाहरुको आथितियता रहेको थियो ।
कार्यक्रममा वर्ष २०२३/२४ ले लायन्स वर्ष २३/२४ को क्यालेन्डर बिमोेचन, अमेरिकामा हुने अन्तराष्ट्रिय लायन्स कन्भेन्सनमा कपिलवस्तुको प्रतिनिधित्व गर्दै जान लाग्नु भएका लायन्स क्लव अफ कपिलवस्तुका पुर्व अध्यक्ष तथा रिजन चियरपसर्न सुरेन्द्र घिमिरेलाई विदाई सहित सफल यात्राको शुभकामना व्यक्त गरेको थियो ।
आयोजित कार्यक्रम वर्ष २०२२/२३ का अध्यक्ष राम शुभागे थारुको अध्यक्षता, उपाध्यक्ष नारायण पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव शान्तराज गैरेको सञ्चालनमा सम्पन्न भएको थियो ।








