गृहपृष्ठ पत्रपत्रिका बाट भारतको हातमा ५० देखि ९०० मेगावाटसम्मका आयोजना

भारतको हातमा ५० देखि ९०० मेगावाटसम्मका आयोजना

प्रकाशित मिति:

 

 

 

काठमाडौं । भारतका सरकारी र निजी कम्पनीले नेपालमा लाइसेन्स लिएका जलविद्युत्त आयोजनाको क्षमता ५० देखि ९ सय मेगावाटसम्म छ । केही निजी कम्पनीले नेपाली कम्पनीसँगको संयुक्त उपक्रम (जेभी) समेत गरी ठूला जलविद्युत आयोजनाको लाइसेन्स लिएका छन् ।

भारतीय कम्पनीले नेपालका अधिकांश ठूला, मझौला र साना जलविद्युत्त आयोजनाको लाइसेन्स लिएका छन् । विद्युत्त विकास विभागका अनुसार नेपालका जलविद्युत्त आयोजनाहरु निर्माण गर्न २५ भारतीय कम्पनीले सर्भेलाइसेन्स लिएका छन् ।

केही अहिनाअघिसम्म २८ वटा बम्पनीले सर्भेलाइसेन्स लिएका थिए । तर ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत फागुनमा तीनवटा आयोजनाको इजाजतपत्र खारेज गरिदिएपछि २५ वटामा सीमित भएका छन् ।

ती आयोजनाबाट कुल ७ हजार ५ सय १ मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ । (नागरिक दैनिक)

सम्बन्धित् समाचार