मदन आश्रित को पच्चीसौ दिवंगत घड़ी को दिन पारेर पाटी एकीकरण को कसरतमा जुटीरहेका कम्युनिस्ट हरुलाई – मीडिया कर्मी, लेखक ,राजनितिक बिश्लेसक हेमन्त गिरी जापान बाट लेख्नु हुन्छ , –
मदन-आश्रित गएको वर्ष दिन पछि देखि माओवादीले बन्दूक समाएको। लाखौं गरीब र उत्पीडितलाई सपना देखाएको । मदनको दल चाहिं चरम गुटबन्दी र दलाल पूँजीपतिको चंगुलमा फसेको ।
आज तिनै दल एक हुँदै छन । शुभकामना ।
कहिलेकाहिं चोरहरु पनि मिल्छन रे ठूलो चोरीको लागि ! यस्तो नहोस ।
मदनका हत्यारा दुबै दलका नेतालाई प्रष्ट थाहा छ । या भन्दिनु पर्यो को हो भनेर या आफ्नो नाम सम्झेर म म भन्नुपर्यो ।
मदन-आश्रितलाई त्रीशुलीमा हुत्याउनु मात्र हत्या थिएन । यतिका वर्ष सम्म कसैले उनैका नारा भजाएर व्याज खानु त कसैले ती नारा बाट पार लागिन्न भनेर युद्धको विज रोप्नू पनि पनि उनीहरुको हत्या नै हो ।
नामको ‘कम्यूनिष्ट’ शब्द हटाएर इमानदारी देखाएमा ‘केपी-पिके मिलन’ लाई मेरो साधुवाद रहनेछ ।