– आमाको चीत्कारले केही दिन यता म सुत्न सकेको छैन !!
बा´को सुस्केरा संगै कामेको छ मुटु !!
हिजो मात्र सपनीमा बुद्द आएका थिए नयन भरि आँसु लिएर,
सीता र भृकुटीले सुरक्षित स्थान खोज्दै छ्न नाम्चे बजार डुबानमा छ
सगरमाथाको आँसुले डाफे घाइते छ पखेटा गुमाएर,
फिक्का फिक्का छ सिम्रीक तेजिलो छैन चन्द्र न्यानो छैन सुर्य !!!
कोशी, कर्णालि र महाकाली त्रसित छ्न बग्न पुर्व, पश्चिम् र दक्षिण तिर !!
लिलामिमा छ मेरो राष्ट्रियता
त्यसैले माइती नेपाल सिमाना पार गर्ने लागेका
नेपाली चेलीहरुको अनुसन्धान संगै चेक जाच पनि गर्नु
सिमाना पार गर्न लागेका नेताका झोलाहरु भेटिन सक्छन
ति झोला भित्र मेरो देशको नक्सा र लालपुर्जा !!!









