कविता-विचारहरु गणेश श्रमण विचारहरू त विकार हुन सफा गर्नु छ यिनलाई। जसरी सफा गरिन्छ शरीर भित्रकाे मलमुत्र शाैचालयमा छिरेर जसरी सफा गरिन्छ शरीर बाहिरकाे पसिना,मयल र गन्ध बाथरुम भित्र छिरेर् या जसरी सफा गर्ने गरिन्छ अति विकृत मानसिकताकाे तनावलाई मैथुनक्रिया गरेर यसरीनै सफा गरिन्छ अल्छीपनलाई- हाई गरेर रुघालाई -हाच्छिऊ गरेर त्यसैगरी सफा गर्नु छ विचारका यी विकारहरु किन लाग्छ मन्दिर पसेर निस्केकाे पुजारीकाे भन्दा भट्टी पसेर टन्न मातेर हल्ला गर्दै निस्केका मानिसहरुका विचारहरू पवित्र किन लाग्छ न्यायलयकाे कुर्सीमा बस्ने न्यायाधीशकाे भन्दा अध्यारो काेठीमा बस्ने पिङ्गलानगरबधुकाे विचार स्वच्छ किन कुनै बलत्कारीकाे कल्पना भन्दा पनि कुरुपछन् विचारहरु किन कुनै हत्याराका साेचाइभन्दा पनि भयावह छन् विचारहरु किन कुनै लुटेराकाे याेजना भन्दा पनि डरलाग्दा छन् -विचारहरु यस्तै यस्तै खराब भन्दा नि खराब विचारहरुलाई अाेत दिएर जरागाडेर बसेकाे छ बर्षाैदेखि - राजनीतिकाे विचार विचारहरु त विकार हुन सफा गर्नु छ यिनलाई । ।।।