गृहपृष्ठ कला/साहित्य राष्ट्रिय मुक्तक वाचन हुने ।

राष्ट्रिय मुक्तक वाचन हुने ।

प्रकाशित मिति:

वैखरी सम्वाददाता
युगीन साहित्य समाज देवदह रुपन्देही ले आगामी जेष्ठ १९ गते राष्ट्रिय मुक्तक वाचन कार्यक्रम गर्ने भएको छ पछिल्ला केही वर्षहरु देखी युगीन साहित्य समाजले प्रत्येक वर्ष राष्ट्रिय मुक्तक वाचन कार्यक्रम गर्दै आएको छ ।

समाजले शुक्रबार रुपन्देहीको देवदहमा पत्रकार सम्मेलन गरि कार्यक्रम बारे जानकारी दिएको हो । विभिन्न जिल्लाहरु बाट छ्नोट गरिएका १५ जना मुक्तककार हरुले उक्त कार्यक्रममा मुक्तक वाचन गर्ने आयोजकले जनाएको छ । मुक्तक वाचनमा सहभागि हुनका लागि प्रवेश शुल्क एक सय रुपैयाँ तोकेको आयोजकले बताएको छ ।

कार्यक्रममा सहभागी हुने साहित्यकारहरुलाई देवदह क्षेत्रका विभिन्न ऐतिहासिक क्षेत्रहरुको अवलोकन गराउने कार्यक्रम रहेकाले यसले देवदह क्षेत्रको प्रचार प्रसारमा महत्वपुर्ण भुमिका खेल्ने समाजका अध्यक्ष यज्ञ प्रसाद न्यौपाने ‘दिपक’ले बताउनु भयो । कार्यक्रम गर्नका लागि करीब १ लाख ६७ हजार खर्च अनुमान गरीएको छ । नगरपालिकाले ७५ हजार विनियोजन गरेको र बाकी रकम टिकट बिक्रि र प्रायोजकबाट ब्यवस्था गर्न लागिएको राष्ट्रिय मुक्तक वाचन कार्यक्रमका संयोजक बिष्णु विवश पोख्रेल ले बताउनु भयो

सम्बन्धित् समाचार