गृहपृष्ठ कला/साहित्य तरन्नुममा गजलको धून ।

तरन्नुममा गजलको धून ।

प्रकाशित मिति:

वैखरी !जेष्ठ १३                                           लेखराम सापकोटा !                                     जेठको हपहपी गर्मीले चितवनको माहोल तातो नै थियो। त्यसमाथि देशका विभिन्न प्रदेशबाट आएका थुप्रै गजलकारको उपस्थिति । गजलको राजधानी पनि भन्ने गरिएको चितवनमा गजलको एेतिहासिक कार्यक्रम
शनिबार भरतपुरमा सम्पन्न भयो ।
गजल मञ्च चितवनले आयोजना गरेको कार्यक्रममा उपस्थित भएका गजल पारखीले भरपुर मजा लिए । मञ्चले नियमित गर्दै आएको `गजलसँग´ शृङ्खला अन्तर्गत तरन्नुम विशेष कार्यक्रममा धरानका अनन्त अनुराग, बाँकेकी देवकी निरौला, गोर्खाका प्रदिप रोदन र चितवनकी शीतल कादम्बिनीले प्रस्तुति दिए । भरतपुरस्थित सगुन पार्टी प्यालेसको मञ्चमा मिश्रित फूलको मालामा सजिएका चारै जनाले तीन चरणमा गरेर गजल प्रस्तुत गरे । तरन्नुम बिना बाध्यबाधन र बिना संगीत गेयात्मक रूपमा गजल सुनाउने प्रक्रिया हो । यहि सिलसिलामा रहेर पहिलो चरणमा २ दोस्रो चरणमा २ र अन्तिम चरणमा १ गरि चारै जनाले कुल बीस गजल सुनाए । गजल सुन्न चितवन सहित नवलपरासी, तनहुँ, मकवानपुर, रुपन्देही, जाजरकोट, कास्की, धादिङ, काठमाडौं लगायतका जिल्लाबाट पनि सर्जकहरु आएका थिए । चार स्रस्टालाई मञ्चमा राखेर तरन्न्नुम विशेष गजल प्रस्तुत गरिएको संभवत: नेपाल मै पहिलो भएको गजल मञ्च चितवनका अध्यक्ष प्रभाकर पण्डितले जानकारी दिए ।

सम्बन्धित् समाचार