गृहपृष्ठ खबर दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन सम्पन्न , तीन युवा ज्योतिषीहरु सम्मानित ।

दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन सम्पन्न , तीन युवा ज्योतिषीहरु सम्मानित ।

प्रकाशित मिति:

दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलन सम्पन्न , तीन युवा ज्योतिषीहरु सम्मानित ।

पोखरा, १४ जेठ– पोखरामा जेठ १२ र १३ गते भएको चौथो दक्षिण एसियाली ज्योतिष तथा वास्तु सम्मेलनमा बिभिन्न देशहरुबाट ३०० भन्दा बढी ज्योतिषीहरुको उपस्थिति रहेको थियो। दक्षिण एसियाली ज्योतिष महासंघ ले आयोजना गरेको उक्त सम्मेलनलाई डा. सहदेव विष्ट र ड. लोकराज पौडेलले संयोजन गर्दै कार्यक्रमलाई सफल बनाउनुभयो। उक्त कार्यक्रममा पहिलो दिन प्रदेश नं ४ का मुख्यमन्त्री सहित राष्ट्रिय धर्म सभाका अध्यक्षको आतित्थ्यमा उद्घाटन गरियो भने उक्त दिन कार्यपत्र वितरण पनि भएको थियो। ज्योतिष क्षेत्रमा योगदान पुर्याउनुभएका विशेस ज्योतिषीहरुलाई दोश्रो दिन उपाधि सहित सम्मान वितरण गरिएको थियो। खासगरी युवा अवस्थामै ज्योतिष क्षेत्रमा महत्वपूर्ण भूमिका निर्भाह गरेको भन्दै नेपालको तिन जिल्लाबाट तिन युवा ज्योतिषीले विशेष उपाधि एवं सम्मान पत्र प्राप्त गरेका छन्। कास्की, पोखरा बाट राजकुमार आचार्य, इलाम बाट गोपाल अधिकारि र रुपन्देहीबाट जानकी अर्यालले उपाधि प्राप्त गरेका छन् ।
उक्त कार्यक्रमा बेस्ट एस्ट्रोलोजर अफ नेपाल को उपाधि सहित हरिहर अधिकारी लाई सम्मानीत गरिएको थियो। हरिहर अधिकारिलाई युवाहरु लाई ज्योतिष क्षेत्रमा प्रेरित गरेको भन्दै विशेस सम्मान पनि प्रदान गरिएको थियो। यसैगरी समारोहमा उपस्थित सम्पूर्ण ज्योतिषीहरुलाई सहभागिताको प्रमाण पत्र र मायाको चिनो प्रधान गरिएको थियो।

सम्बन्धित् समाचार