काठमाडौं : फिल्म ‘चि मुसी चि’को पहिलो गीत सार्वजनिक गरिएको छ। काठमाडौँमा आइतबार कार्यक्रम गरी फिल्ममा समावेश ‘तिमीले माग्छौ भने’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतमा अञ्जु पन्त र युवराज चौलागाईँको स्वर सुन्न सकिन्छ। सुरज अधिकारीको शब्द तथा संगीत छ। थाइल्यान्डमा खिचिएको गीतको भिडियोमा फिल्मका दुई लिड कलाकार सुनिल क्षेत्री र अलिशा शर्मा फिचर गरिएका छन्। दुवैले यसै फिल्मबाट डेब्यु गरेका हुन्। भिडियोमा कोरियोग्राफी कलाकार क्षेत्रीले नै गरेका हुन्। ‘म्यूजिकल थ्रिलर’ यो फिल्मलाई दिनेश श्रेष्ठले निर्देशन गरेका हुन्। अरुणकुमार गुरुङ, महेश्वर खत्री, सुवास भुर्तेल, डबबहादुर गुरुङ निर्माता रहेको यस फिल्मको कार्यकारी निर्मातामा शिवराज कार्की हुन्। साउन ११ गतेबाट प्रदर्शनमा आउने यस फिल्ममा शिवराज कार्की, शेखर अधिकारी, सुशान्त कार्की, कमली वाइवा लगायतको पनि अभिनय छ। वासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले गरेका छन्। हेर्नुहोस् भिडियो :