गृहपृष्ठ जीवन शैली तन्दुरुस्त रहन यसो गरौ

तन्दुरुस्त रहन यसो गरौ

प्रकाशित मिति:

 

काठमाडौं, १६ जेठ – व्यस्त तालिकाका कारण मानिस स्वास्थ्यमा राम्ररी ध्यान दिन पाउँदैनन् । यसले गर्दा तपाईंले ससाना समस्याको सामना गर्नुपर्ने हुन्छ । अनि घर र अफिस दुवैतिर काम गर्ने हुँदा पनि स्वास्थ्यमा ध्यान दिन पाइँदैन ।
यस्तो व्यस्त जीवनमा आफूलाई तन्दुरुस्त राख्नका लागि केही टिप अपनाउनुपर्छ ।

बिहान उठ्नेबित्तिकै एक गिलास तातोपानीमा कागती वा मह हालेर पिउनुस् । यो पिउँदा शरीरमा भएका विषाक्त तत्त्व बाहिर निस्कन्छन् र पाचनतन्त्र सही रहन्छ ।

स्वास्थ्य सही राख्नका लागि ब्रेकफास्ट गर्नुपर्छ । दिनको शुरूआतमा जहिले पनि पौष्टिक खानेकुरा खानुस् । जहिले पनि ७ र ९ बजेको बीचमा नाश्ता गर्नुस् । यसो गर्दा तपाईंको दिमाग दिनभरि सक्रिय रहन्छ र ऊर्जास्तर पनि बढ्छ ।

दिउँसो घरबाहिर अस्वस्थकर खानेकुरा खाँदै नखानुस् । फल, चना, ड्राई फ्रुट खाने गर्नुस् । अनि जुस पिए हुन्छ । खोजीखोजी पौष्टिक खानेकुरा खानुस् ।

काम गर्दागर्दै थकाइ लागेर चिया कफी पिउने गर्नुभएको छ भने छोडिदिनुस् । यसले स्वास्थ्यलाई हानि गर्छ । बरू कागतीपानी वा डिटक्स ड्रिंक पिउनुस् । यसबाहेक लस्सी वा उखुको रस पिउन सक्नुहुन्छ । यसले शरीरलाई ऊर्जा दिन्छ ।

केही मानिस बिहान टन्न पेट भर्छन्, दिउँसो केही खाँदैनन् अनि राति पनि पेट फुट्नेगरी खाना खान्छन् । यो गलत हो । दिनमा कुचुकुचु केही खाइरहनुस् । यसो गर्दा शरीरमा बोसो जम्न पाउँदैन अनि ऊर्जा कायम रहन्छ ।

बिहान बेलुका केही क्षण डुल्नु स्वास्थ्यका लागि सही हुन्छ । राति भात खाएपछि त अवश्य नै टहल्नुस् ।

दिनभरिमा आठ गिलास जति पानी पिउनु स्वास्थ्यका लागि राम्रो हुन्छ । यसले शरीरको हानिकारक तत्त्व बाहिर निकाल्न मद्दत गर्छ । यसले पाचन क्रिया पनि दुरुस्त पार्छ र मुटुको रोगको खतरा पनि कम गर्छ ।

लिफ्ट चढ्नुभन्दा भ–याङ चढेर तलमाथि गर्नु राम्रो हुन्छ । यसले गर्दा तपाईंलाई व्यायाम पनि हुन्छ र रोगबाट पनि बचिन्छ । अनि तपाईं तन्दुरुस्त हुनुहुन्छ ।

सफा कपडा लगाउनुस् अनि संवेदनशील अंगहरूलाई सफला राख्नुस् । यसो गर्दा रोग लाग्न पाउँदैन ।

दिनदिनै व्यायाम अवश्य गर्नुस् । योग गर्न पनि सक्नुहुन्छ । यसो गर्दा तपाईं शारीरिक र मानसिक रूपमा फिट हुनुहुनेछ । व्यायाम बिहान बेलुका जतिखेर पनि गर्न सक्नुहुन्छ ।

दिनमा ८ देखि ९ घन्टा अवश्य सुत्नुपर्छ । त्यसो गर्दा दिनभरि ताजा अनुभव गर्न सक्नुहुनेछ ।

घरमा वा अफिसमा काम गर्दा बस्ने पोजिसनमा ध्यान दिनुस् । कुर्सीमा धेर नबस्नुस् । त्यसरी बस्दा ढाडको समस्या हुन्छ ।

एजेन्सी

सम्बन्धित् समाचार