गृहपृष्ठ विविध एउटा मन जो बादल पारी बाट पनि देशप्रेम मा पग्लिरहयो !

एउटा मन जो बादल पारी बाट पनि देशप्रेम मा पग्लिरहयो !

प्रकाशित मिति:

एउटा मन जो बादल पारी बाट पनि देशप्रेम मा पग्लिरहयो !  रिखु गिरी न्यूयोर्क अमेरिका

२०७१ को भूकम्पमा रु १०००० नेपाली सहयोग नेपालि संस्था मार्फत सहयोगी हात  बढाउनु भएका रिखू गिरी लाइ देश प्रेम ले सधै तानिरहयो

एउटा मन जो देश दुख्दा दुखिरहयो !   एउटा मन जो हजारौं क्षीतिज पारी अमेरिका बाट आफ्नो बस्तीका गरिब झुपडीमा अल्झिरहयो ! ति झुपडीमा आगो नबल्दा उसको मनमा खुसी बलेन ! आफ्नो बस्तीको दर्दनाक चिच्याहटमा उ कहिल्लै मुस्कुराउनु सकेन !!
र त त्यो मन बाट मायाका आहट हरु पोखिए यि बस्तिहरुमा, यि गरिबका मझेरी हरुमा ! यि बिरामी का चोटहरुमा,

कपिलवस्तु भलवाड -८ निवासी बाबा थानु गिरि र आमा देब कुमारी गिरि का छोरा रिखु गिरी लामो समय देखी अमेरिका को न्युयोर्क मा बस्दै आउनुभएको छ ! मन न हो आफु जन्मेको आफु हुर्केको ठाउँ लाइ स्वर्ग सम्झने रिखु हरेक पल्ट नेपाल आउँदा आफ्नो बस्ती मा रसाएका, गरीबी नयन हरु सङ्गै पोखिनुहुन्छ ! भाबुक हुनुहुन्छ !
भलवाड- ८ भर्तापुर निवासी पुन परिवार गरिबिले चुर्लुम्म डुबेको थियो, साझबिहान हातमुख जोर्न गार्हो थियो !!
घरमा चाहिने लत्ताकपडा सहित रु 30,000 (तिस हजार ) परिवारलाई हस्तान्तरण गर्नु भो ! अपांग छोरा बुहारी बिरामी पुन बा, आबै, परिवारको सहारा बन्नु भो रिखु गिरी !!

अनि अर्को उस्तै दर्दनाक परिवार दैबले ठगेको “सानलेखे” परिवार मा सेते दाइको असामहिक निधन ले जर्जर जिन्दगी बाचेको त्यो परिवार मा पुन अर्को बज्रपात थपियो ! श्रीमती लाइ पहिरो ले च्यापेर आजिबन अपांग बनायो , घरमा माड जुट्न नसक्ने गरि परिवार बिभत्स भो !
अमेरिका मै बस्ने अर्का सहयोगी दाइ प्रकाश नेपाल र रिखु गिरि यो परिवारलाई पनि रु 30,000/- ( तिस हजार रुपैया ) सहयोग गर्नु भएको छ !


आफुले कक्षा पाँच सम्म अध्यन गर्नु भएको भर्तापुर प्रा.बी मा अति बिपन्न बर्गका विद्यार्थी हरुको शिक्षा स्तरोन्नति गर्ने उदेश्य ले रु 150,000( एक लाख पचास हजार) बराबर को अक्षय कोश निर्माण गरि स्कुलका प्राधानाध्यापक कमल पौडेल र आफ्नै बाबा आमा को सहमतिमा यो कोश संचालित हुने भो !
यो मन एत्तिले मन भरिएन, आफ्ना बा, आमा को पुर्खौली थलो गुल्मी को वाग्ला डोर्यायो ! अनि पुर्यायो गुल्मीको तम्घास अर्खले धुर्कोट हुदै वाग्ला !!
वाग्ला उच्च माध्यमिक बिद्यालय पुगेपछि रिखु गिरि लाइ अर्को आत्मीयता ले पगाल्यो !
गरिब तथा जेहेन्दार विद्यार्थी हरुको सैक्षिक स्तरोन्नति बढाउन पुनः अर्को अक्षय कोश बन्यो !

आदरणीय दाजु ओमलाल गिरिको रोहवरमा ! रु 1210000/-( एक लाख एक्काईस हजार रुपैया ) संबंधित माताहतमा हस्तान्तरण गर्नु भएका वहाँ सम्पुर्ण गुल्मीको वाग्ला , कपिलवस्तु को भलवाड को अथाह माया बोकेर अमेरिका उड्नु भो !! यो सम्पुर्ण कार्यमा वहाँ सङ्गै वहाकी प्रिय धर्मपत्नी कुशुम गिरि को पनि उत्तिकै आत्मिय सहकार्य छ !!
यि एकजोडि मन लाइ यो आत्मीयता लाइ हाम्रो पनि नमन !! सात समुन्द्र पारी अमेरिका बाट पनि हरेक दु:खद पलमा साथ जोड्न चाहनुहुने तपाइको यो मन लाइ हाम्रो सधै औपचारिक सपोर्ट रहिरहने छ !!

सम्बन्धित् समाचार