गृहपृष्ठ खबर कपीलवस्तुमा लागू औषधको आशंकामा ३ जना पक्राउ । प्रहरीबाट छाडिन लागेका २ जनालाई संचारकर्मीको टेलिफोन पछि थुनामा राखियो

कपीलवस्तुमा लागू औषधको आशंकामा ३ जना पक्राउ । प्रहरीबाट छाडिन लागेका २ जनालाई संचारकर्मीको टेलिफोन पछि थुनामा राखियो

प्रकाशित मिति:

कपीलवस्तुमा लागू औषध सेवन र ओसारपोसारको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने ३ जनालाई प्रहरीले शुक्रवार पक्राउ गरे पनि हाल सम्म सो विषय सार्वजनिक गरेको छैन । पक्राउ परेका मध्ये १ जनलाई लागू औषध ओसारपोसारमा मुद्धा चलाउने तयारी गरी २ जनालाई प्रहरीले शनिवार राती छोड्ने तयारी गरेको थियो । तर संचारकर्मीहरुले घटना बारे जानकारी लिन प्रहरी उपरीक्षकलाई टेलिफोनबाट सम्पर्क गर्न थाले पनि शनिवार राती छाड्न लागेको २ जनालाई प्रहरीले थुनामा राखेको छ । शुक्रवार राती पक्राउ परको उनीहरुलाई दोस्रो दिन शनिवार विदा परेका कारण अदालती प्रक्रिया अघि बढ्न सकेको छैन । शनिवार अवेर राती २ जनालाई छाड्न लागेको प्रहरीले संचारकर्मीले घटना बारे जानकारी पाए पछि थुनामा राख्नुले घटनालाई थप रहस्यमय बनाएको छ । संचारकर्मीले घटना बारे प्रहरी उपरीक्षकसंग जानकारी नमागेको भए पक्राउ परेका सो व्यक्ति छुट्ने र जानकारी मागे पछि थुनामा बस्नु पर्ने यो प्रहरीको कस्तो न्याय सम्पादन हो ? एक संचारकर्मीले भने । निर्दोष हो भने राती भए पनि छोडिनु पर्छ, दोषी हो भने कारवाही हुनु पर्छ । तर लागू औषध जस्तो गम्भीर प्रकृतिको मुद्धामा प्रहरी उपरीक्षकको यो तजविजले कपिलवस्तु् प्रहरीको प्रशासनलाई आगामी दिनमा कसरी हांकिने हो ? यो हेर्न बांकी रहेको एक संचारकर्मीले ईसाझा न्यूजलाई बताए ।

सम्बन्धित् समाचार