गृहपृष्ठ मनोरञ्जन खेल चलिरहँदा अचानक भयो अनौठो घटना, सामान्य युवती एकाएक बनिन् भाईरल (भिडियोसहित)

खेल चलिरहँदा अचानक भयो अनौठो घटना, सामान्य युवती एकाएक बनिन् भाईरल (भिडियोसहित)

एजेन्सी। अमेरिकाको सान डिएगोमा खेल हेर्न स्टेडियम गएकी एक युवती त्यही खेलकै क्रममा सेलिब्रेटी बनिन् । खेल चलिरहँदा यस्तो घटना भयो जसले ती युवतीलाई चर्चाको शिखरमा पुर्याइदियो । यो घटना क्यामेरामा रेकर्ड भएको छ ।

सान डिएको पेड्रेस र एटलान्टा ब्रेब्सको बीचमा भएको बेसबल खेल हेर्न ती युवती स्टेडियम पुगेकी थिइन् । खेल हेर्न गएकी दर्शक गेबी डिमारको खेलको मजा लिँदै बियर पिउँदै थिइन् । यही क्रममा खेलाडीले यस्तो शट हाने कि बल सिधा गेबीको बियरको ग्लासभित्र पुग्यो । अचानक भएको घटनाबाट गेबी चकित परिन् । तर उनलाई पूरा स्टेडियमले तालि बजाएर उत्साही बनायो । दर्शकको साथ पाएपछि उनले एक सासमा बियर पिएर सकिन् । यो भिडियो सामाजिक संजालमा निकै भाइरल भइरहेको छ ।

भिडियो हेर्नुहोस् –

https://www.youtube.com/watch?time_continue=3&v=43PQYuXwMC8

सम्बन्धित् समाचार