एजेन्सी। अमेरिकाको सान डिएगोमा खेल हेर्न स्टेडियम गएकी एक युवती त्यही खेलकै क्रममा सेलिब्रेटी बनिन् । खेल चलिरहँदा यस्तो घटना भयो जसले ती युवतीलाई चर्चाको शिखरमा पुर्याइदियो । यो घटना क्यामेरामा रेकर्ड भएको छ ।
सान डिएको पेड्रेस र एटलान्टा ब्रेब्सको बीचमा भएको बेसबल खेल हेर्न ती युवती स्टेडियम पुगेकी थिइन् । खेल हेर्न गएकी दर्शक गेबी डिमारको खेलको मजा लिँदै बियर पिउँदै थिइन् । यही क्रममा खेलाडीले यस्तो शट हाने कि बल सिधा गेबीको बियरको ग्लासभित्र पुग्यो । अचानक भएको घटनाबाट गेबी चकित परिन् । तर उनलाई पूरा स्टेडियमले तालि बजाएर उत्साही बनायो । दर्शकको साथ पाएपछि उनले एक सासमा बियर पिएर सकिन् । यो भिडियो सामाजिक संजालमा निकै भाइरल भइरहेको छ ।
भिडियो हेर्नुहोस् –
https://www.youtube.com/watch?time_continue=3&v=43PQYuXwMC8