गृहपृष्ठ खबर पत्रकार चापागाई उपर गरिएको गाली गलौज प्रति नेपाल प्रेस यूनियनको ध्यानाकर्षण । क्राईम मुद्धा दर्ताको तयारी

पत्रकार चापागाई उपर गरिएको गाली गलौज प्रति नेपाल प्रेस यूनियनको ध्यानाकर्षण । क्राईम मुद्धा दर्ताको तयारी

प्रेस युनियनका क्रियाशील सदस्य एवं पर्यटन पत्रकार संघ कपिलवस्तुका अध्यक्ष खग प्रसाद चापागाईको चरित्र हत्या गर्ने गरी गरिएको गाली गलौज प्रति नेपाल प्रेस यूनियन कपिलवस्तुले गम्भीर ध्यान आकर्षण भएको जनाएको छ ।तौलिहवा अस्पतालको समाचारको विषयलाई लिएर सो समाचारलाई शेयर गरिएको पत्रकार चापागाईको फेसबुक स्टाटसको कमेन्टमा तौलिहवा अस्पतालका मेडिकल अफिसर संजय चौधरीले पत्रकार चापागाईलाई असभ्य भषामा गाली गलौज गरेका छन् । नेपाल प्रेस यूनियनका क्रियाशील युवा पत्रकार खग प्रसाद चापागाईलाई गाली गलौज गरी असभ्यताको परिचय दिने डा. संजय चौधरीको अमर्यादित क्रियाकलाप प्रति नेपाल प्रेस यूनियन कपिलवस्तुको गम्भीर ध्यान आकर्षण भएको जनाईएको छ । नेपाल प्रेस यूनियनका जिल्ला सभापति गोपाल भण्डारीले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दै क्रियाशील पत्रकार खग प्रसाद चापागाईले लेखेको समाचार प्रति असहमति भए त्यसको विरुद्ध नेपाल प्रेस काउन्सिल र सम्मानित अदालतमा जान सकिने मार्ग प्रशस्त हुंदा हुंदै फेसबुकको वालमा गाली गलौज गर्नु डा. चौधरीको अमर्यादित कदम भएको ठहर गरिएको छ । स्वास्थ्य संस्थामा हुने ढिला सुस्ती र त्यसको बारेमा खबरदारी गर्दा पत्रकार उपर लगाईने यस्ता लान्छना र गरिने अमर्यादित क्रियाकलाप तत्काल रोकिनु पर्नें नेपाल प्रेस यूनियनले सरोकारवाला सवै पक्षसंग आग्रह गरेको छ । पत्रकार चापागाईलाई गाली गलौज गर्ने डा. चौधरी उपर साईबर क्राईम अन्र्तगत मुद्धा दर्ता गरिने तयारी गरिएको पत्रकार चापागाईका तर्फका अधिवक्ता हुमनाथ पाण्डेले बताए ।

सम्बन्धित् समाचार