पेट्रोलियम पदार्थको मुल्य बृद्धिको विरोधमा नेवि संघ आन्दोलित भएको छ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मुल्य वृद्धिको विरोधमा सोमबार जिल्ला सदरमुकाम तौलीहवामा सिठि जुलुस निकालेको छ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धी तत्काल फिर्ता नलिए संघले कडा आन्दोलन गर्ने चेतवनी समेत दिएको छ । प्रधानमन्त्री केपी ओलीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्न स्वीकृति दिएपछि नेपाल आयल निगमको सञ्चालक समितिले पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि गरेको थियो । मूल्य वृद्धिको जनस्तरबाट विरोध हुँदै आएको छ । नेविसंघले मूल्य वृद्धिको चर्को विरोध गर्दै आएको छ । नेपाली कांग्रेसले पनि पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि फिर्ता लिन सरकारलाई चेतावनी दिइसकेको छ । मूल्य वृद्धि फिर्ता नभए सदन अवरोध गर्ने कांग्रेसको चेतावनी छ । सोही अवसरमा वोल्दै नेपाल विद्यार्थी संघका सह महामन्त्री प्रकाश घिमिरेले सरकारले हाम्रो माग सम्बोधन गरेन् भने हामी कडा भन्दा कडा आन्दोलित गर्ने बताएका छन् । उक्त कार्यक्रममा नेपाल विद्यार्थी संघका जिल्ला सभापति राकेश पाण्डेय, काग्रेसका जिल्ला नेताहरु परमेश्वर पाठक, चर्तुभुज मणी त्रिपाठी, नेपाल विद्यार्थी संघ जिल्ला उप सभापति शंकर प्रसाद न्यौपाने, बिद्यार्थी नेता माधव पौडेल लगायतले आआफनो धारणा समेत राखेका थिए ।