गृहपृष्ठ मनोरञ्जन ओम प्रकाश भट्टराईले तिजको कोशेली ल्याउदै !

ओम प्रकाश भट्टराईले तिजको कोशेली ल्याउदै !

प्रकाशित मिति:

वैखरी
कपिलवस्तु जेष्ठ २९

 

आमा मिना देवि भट्टराई र बुवा दुर्गाप्रसाद भट्टराई का जेष्ठ शुपुत्रका रुपमा स्याङ्जा जिल्लाको मिर्मी फाँट्मा जन्मिएर कपिलवस्तु बाणगंगा नगरपालिकालाई कर्म स्थल बनाएका सर्जक ओम प्रकाश भट्टराई ले पुनः दोश्रो पटक गीति एल्बम बजारमा ल्याउने भएका छन् !

आउदै गरेको आमा दिदिबहिनीहरुको महान् चाड हरितालिका तिज लाई लक्ष्यित गर्दै यो पटक भने उन्ले तिज गित बजारमा ल्याउने भएका हुन! पहिलो पटक “परदेशिको ब्यथा” सुनाएर मिडियामा आएका उन्ले यो पटक भने आफैले अपनाउदै आएको कृषि ब्याबसायको मर्म लाई आत्मसात गर्दै आफ्नै देशमा उद्दमी बनेर देशलाई आत्मनिर्भर बनाउनु पर्ने शन्देश तिज गित मार्फत दिएका छन् । पछिल्लो समयमा तिजको बाहाना पारेर अनेक नक्कले गितहरु आईरहेको बखतमा उन्ले माटो र राष्ट्र प्रती ओतप्रोत हुँदै पृथक खालको तिज गित ” आत्मनिर्भर नेपालको चलाउँ अभियान “ल्याउन लागेका हुन् ! ओम प्रकाश भट्टराई को शब्द लय मा नेपाली अल्छि समाज लाई जनचेतना जगाउन तीखो प्रहार गरेका छन् ।उन्लाई स्वरमा गायिका पुनम बश्याल ले साथ दिएकी छिन् भने संगित स्वयं भट्टराई कै रहेको छ । उक्त गितलाई स्वरलिपी रेकर्डिङ स्टुडियो एरेन्जर शुन्दर लामा ले एरेन्ज गरेका छन् । यो जनचेतनामूलक गितले सफलता पाउने उन्को दावी छ ! गित अबको केही दिनमै सार्वजनिक गर्ने सर्जक भट्टराईले वैखरी डट कम लाई जानकारी दिए !

हेरौ उन्को पहिलो भिडियो

सम्बन्धित् समाचार