गृहपृष्ठ जीवन शैली भियाग्राको सेवन लाभदायक कि हानिकारक ? ?

भियाग्राको सेवन लाभदायक कि हानिकारक ? ?

प्रकाशित मिति:

काठमाडौं । भियाग्राले सेक्स पावर बढाउने दाबी गरिन्छ । यसको सेवनले यौन दूर्वलताको अन्त्य गर्ने विश्वास गरिन्छ । यौन दूर्वलता भएकाहरुलाई यसको सेवन हीनताबोधको अन्त्य गराउँछ । भियाग्रााको सेवनले यौनांगमा हुने रक्तप्रवाहले यसलाई उत्तेजित अवस्थामा राखिराख्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ। यौनेच्छा जाग्छ, तब पुरुषको यौनांगमा रगत प्रवाह गर्ने धमनी खुल्ला हुन्छ भने रगत फर्काएर लाने शिरा खुम्चिन्छ। यसको परिणाम स्वरूप यौनांगमा पर्याप्त मात्रामा चाप पैदा भई यौनांग लामो र कडा हुने बताइन्छ ।

भियग्राले यौनांगमा नाइट्रिक अक्साइडको कामलाई बढाउने हुँदा पुरुष यौनांगको मांसपेशी खुकुलो बनाइदिन्छ। जसका कारण रक्तप्रवाह बढ्न गई यौनांगको कमलो तन्तु बिस्तारै कडा र दह्रो हुँदै जान्छ । यौन दूर्वलता भएकाले यौन सम्पर्क गर्नु आधादेखि चार घण्टाअगाडि बढीमा एक दिनमा एक पटक मात्र २५ देखि सय मिलिग्राम भियाग्रा सेवन गर्न मिल्छ । एक दिनमा योभन्दा बढी सेवन गरेको खण्डमा नकारात्मक असर पर्छ ।

उच्च रक्तचापको औषधि सेवन गरिरहेका तथा एचआईभीको औषधि सेवन गरिरहेकाले भियाग्रा खानु हुँदैन । मुटुको औषधि खाइरहेका, यौन सम्पर्क राखेमा हृदयाघातको जोखिममा रहेका, कडा खालको कलेजो तथा मिर्गौलाका रोगी, हालसालै मस्तिष्कघात तथा हृदयाघात भएका व्यक्तिले भियाग्रा सेवन गर्नै हुँदैन।

यसैबीच फोक्सोको रक्तचाप बढेमा, उच्च लेकको रोकथाम तथा उपचारमा पनि भियग्राको प्रयोग भइरहेको पाइन्छ । यद्यपी यौन दूर्वलता तथा अन्य समस्या भएकाहरुले आफू खुसी भियाग्रा खानु भन्दा चिकित्सको सल्लाह बमोजिम गर्नु बुद्धिमानी हुन्छ।

एजेन्सी

सम्बन्धित् समाचार