गृहपृष्ठ पत्रपत्रिका बाट चिनियाँ रेल काठमाडौं पुर्‍याउन चीन सहमत, तर लगानीको विषय अझै अस्पष्ट

चिनियाँ रेल काठमाडौं पुर्‍याउन चीन सहमत, तर लगानीको विषय अझै अस्पष्ट

राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरु प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणमा केन्द्रित छन् । पत्रपत्रिकाहरुले भ्रमणका क्रममा भएका विभिन्न छलफल तथा सम्झौताहरुलाई विभिन्न शीर्षक दिएर लेखेका छन् ।चिनियाँ रेल नेपाल पुग्ने चिनियाँ राष्ट्रपति सी जिनपिङको विश्वासलाई अन्नपूर्ण, कान्तिपुर, नागरिक, राजधानी र गोरखापत्रले महत्त्वका साथ छापेका छन् । कान्तिपुरले ‘ओली–समझदारीका शूत्र’ शीर्षक दिएर खबरको लिड लाइनमा लेखेको छ– प्रधानमन्त्री केपी ओली र चीनका राष्ट्रपति सी जिनपिङबीच बुधबार बेइजिङमा भएको वार्ताले द्विपक्षीय समझदारीका निम्ति दूरगामी आधारहरु खडा गरेको छ । खासगरी सार्वजनिक चर्चामा मात्र सीमित रहँदै आएको चिनियाँ रेललाई नेपालसम्म पुर्याउन परिकल्पनाले अब कार्यरुप पाउने भएको छ ।’

सम्बन्धित् समाचार