पछिल्लो समय कपिलवस्तुको वाणगंगा नगरपालिकाले नगर भित्रबाट निष्कासन हुने फोहोरको सहि व्यवस्थापनमा चासो नदेखाएको पाइएको छ । नगरपालिका बाट निस्कने फोहोरको उचित व्यवस्थान हुनु पर्नेमा यतिबेला पुर्व पश्चिम राजमार्ग अन्तर्गत कपिलबस्तु र रुपन्देहिको सिमानामा पर्ने वाण्गांगंगा नगरपालिकाको वडा नम्बर २ अन्र्तगतको कोठि पुल र वाणगंगा नगरपालिका वडा नम्ब् ४ स्थित वाणगंगा पुलको छेउँमा फालिएको फोहोरका कारण त्यस क्षेत्रमा अत्यन्तै दुर्गन्ध फैलिदाँ यात्रु तथा विभिन्न स्थानियहरु मर्कामा परेका छन् । देशको एक मात्र राजमार्ग जहाँ बाट दैनिकरुपमा हजारौ मात्रामा सवारि साधनहरु ओहोरदोहार गर्छन जहाँ सवार यात्रुहरुलाई बाटोेको छेउँमा नै फोहोर फालेपछि समस्या भएको र विभिन्न रोगहरु बढ्न जाने सम्भावना बढ्दै गएको स्थानियहरुले बताएका छन् ।हरेक दृष्टिकोणबाट कपिलबस्तुकै अग्रस्थानमा रहेको यस क्षेत्रमा बसाईसराइका कारण बढ्दो जनसङ्ख्या र बजारिकरणबाट उत्पन्न हुँने फोहोर ब्यबस्थापनका लागि यहाँको स्थानिय सरकार, विभिन्न सरोकारवाला संघ संस्था र बजार समितिले खासै चाँसो देखाउँन नसक्दा स्थानिय नागरिकहरु त्यस्को प्रत्यक्ष असरमा परेका छन् ।उता वाणगंगा नगरपालिकाको फोहोर व्यवस्थापन समितिले भने दुवै स्थानहरुमा नगरपालिकाले फोहोर व्यवस्थापनको लागि खाडल खनिएको भएता पनि खाडलमा फोहोर व्यवस्थापन नगर्दा यस्तो समस्या आएको जनाएको छ ।
कपिलवस्तुको कोठि पुल र वाणगंगा पुलको छेउँमा फालिएको फोहोरका कारण स्थानियहरु मर्कामा

लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैमुम्बईविरुद्ध चेन्नईको जित
५ घण्टा अघि