गृहपृष्ठ ज्योतिष /वास्तु वैखरी -साप्ताहिक राशिफल 

वैखरी -साप्ताहिक राशिफल 

प्रकाशित मिति:

साप्ताहिक राशिफल 
असार १०  देखि १६ सम्म

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
– प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ। मध्ये दिनहरुदेखि अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि विशेष सजग रहनुहोला। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। तापनि मिहिनेतले स्थितिमा सुधार ल्याउनेछ। जीवनसाथीको सहयोग मिल्नेछ। पेट्सग सम्बन्धित गढबढिले  सक्छ। मांगलिक कार्यमा सहभागी भैनेछ। साताको अन्तिमतिर भाग्यले पनि साथ्  भने कामको बोझ पनि थपिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
-रोकिएका काम बन्नाले आर्थिक पक्ष पनि सबल बन्नेछ। खर्च लागे पनि दिगो फाइदा हुने काम सुरु गर्ने अवसर जुट्नेछ। वास्थ्यमा पनि कमजोरी अनुभूति हुनेछ। घरायसी काम बिग्रनाले दु:ख पाइएला। प्रेम सम्बन्धमा  सुधार हुनुको साथै उतारचढाव पनि आउलाा।  मनोरन्जनामा बढी समय बित्नेछ भने आलास्यताले गर्दा कमजोरीको महसुस हुनेछा।  नसोचेको धन प्राप्ति हुनेछ भने  पनि जुटेर  आउनेछन्   ।   विलासिताका सामानहरुमा भने केहि समस्या आउँ सक्छ होसियार रहनुहोला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आँट गर्दा चिताएको काम सजिलै सम्पादन हुनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले राम्रै उपलब्धि दिलाउन सक्छ। रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले आम्दानीको दिगो स्रोत जुट्नेछ। साझेदारीको कामहरुको विषयलाइ लिएर चर्चा हुन सक्छ। अवरोध गर्न आउनेहरु बढे ता पनि अन्त्यमा  सफलता भने  मिल्नेछ। खर्चको समय  भने केहि कुराको चिन्ताले अझ बढी सताउन सक्छ। कुनै पनि कुराहरु सजिलै प्रस्तुत नगर्नुहोला, गोपनियतामा ध्यान दिदा हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
-व्यापार र उद्योगमा फाइदा हुनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिने समय छ। अध्ययनमा प्रगति हुनेछ भने जुझारु कार्यशैलीले प्रतिस्पर्धीहरूको मनोबल कमजोर हुनेछ। सन्तानहरुबाट शुभ समाचार प्राप्त हुनेछ।  सप्ताहका  मध्य दिनहरुमा भने विवादमा समय खर्च गर्नुपर्ने हुन सक्छ, बोलीलाई नियन्त्रणमा राख्नुहोला।  कुनै पनि कुरालाई  सोच  विचार गरेर मात्र   अघि बढ्नुहोला।  सप्ताहान्तमा शत्रुहरूसमेत नजिकिन सक्छन्।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
– मौकामा सहयोगी तथा भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। मिहिनेत गर्दा आँटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। सप्ताह मनोरन्जनामा बित्नेछ भने बोलेका कुराहरु पनि पुरा हुनेछन।  साथीभाइसगको भेटघाटले मन प्रफुल्लित हुनेछ। लगनशीलताले राम्रै प्रतिफल दिलाउनेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। घरपरिवार भित्रको जिम्मेवारी भने बढ्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
– बोलीको प्रभाव बढ्नुका साथै पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। विभिन्न अवसर प्राप्त हुनेछन् भने आँटले काम लिने समय छ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू पनि बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। केहि कुराको तनाव बढ्नाले मनमा शंकाहरु भने बढ्नेछन्।  पराक्रम बढ्नेछ भने जोस जागर मा वृद्धि हुनाले कामहरु सफल हुनेछन।  सवारी चलाउदा भने अलिक होसियार रहनुहोला।  नया कार्यको प्राम्भ हुनुका साथै यात्राका अवसरहरु पनि जुट्नेछन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
–  खर्च बढे ता पनि अर्थको अभाव भने रहदैन।  गीत संगीतमा मन जानेछ भने  बादबिबाद गर्नुपर्ने पनि हुन सक्छ। शुभचिन्तकहरूको सहयोग जुट्नाले समस्याको समाधान हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। भोजभतेरको निम्तो आउन सक्छ। खानपानको असावधानीले स्वास्थ्य भने कमजोर बन्न सक्छ। तापनि पारिवारिक जमघटमा मन रमाउनेछ। चिताएका कुरामा सफलता मिल्नेछ। घरभन्दा टाढा को साहित् निस्किन सक्छ। बोल्ने शैलीमा भने विकास हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
– रुको लगानी पछिका लागि फाइदाजनक हुनेछ। आफन्तबाट टाढिनुपर्ने स्थिति आए पनि भविष्यको मार्गचित्र कोर्ने समय छ। प्रयत्न गर्दा लामो यात्रा गर्ने अवसर पनि प्राप्त हुनेछ। स्वास्थ्यमा मौसमी गडबडीले सताउने हुँदा खानपानमा सजग रहनुहोला। चिन्ताले अचानक सताउन सक्छ अलिक सचेत रहनुहोला। नया व्यवसाय वा कार्यक्षत्रमा लगानी हुनेछ भने सेयर मार्केट बाट पनि राम्रै लाभ प्राप्त हुन सक्छ। महत्वपुर्ण ब्यक्तिहरुसगको भेटघाटले व्यक्तित्वको पनि बिकास हुनेछ। बोलेका कुराहरु यथार्थमा परिणत भएर जानेछन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
– प्रारम्भिक दिनहरुमा खर्च अलिक बढ्न सक्छ भने विदेशको लागि गरिएको प्रयोजनमा सफलता हासिल गर्न सकिनेछ।  सानोतिनो चोटपटकको भय  रहेकोले सतर्कता अपनाउदा नै राम्रो होला।  परिबन्धले अप्ठ्यारोमा पार्न सक्छ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। तापनि मिहिनेत गर्दा प्रतिष्ठित काम गरेर नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। आँटले काममा सफलता दिलाउनेछ। कम जुटाउन दौडधुप गर्नुपरे पनि सप्ताहान्तमा स्थिति अनुकूल बन्नुका साथै सुखद समाचार पनि प्राप्त हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
– ब्यापारब्यबसाय बाट राम्रै लाभ हुनेछ भने नया रोजगार एवम कार्यबाट पनि लाभ मिल्नेछ।  सप्ताहको मध्य तिर खर्चको अभावले भने पिरोल्न सक्छ।  मनमा अनेक शंका एवं भयहरु उतोपन्न हुनेछन्।  केही चुनौती देखिए पनि प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। पुरुषार्थद्वारा उपलब्धि हातपार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ। विशिष्ट व्यक्तिहरूसँग पनि मित्रता बढ्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
– कार्यक्षेत्र बलियो हुनेछ भने जिम्मेवारीहरु  पनि थपिनेछन्। नया आर्थिक स्रोत हरु पनि खुल्नेछन्। प्रारम्भमा स्वास्थ्य कमजोर रहे पनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् र बिस्तारै काम सफल हुनेछ। सोमवारदेखि केही चुनौती देखिए पनि धार्मिक मनोवृत्ति बढ्नेछ। मिहिनेत गरेर नाम, दाम र इनाम हात पार्ने समय छ। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। विशेष व्यक्तिसँग भेटघाट हुनेछ। दिगो फाइदा हुने काम सुरुआत होला। सप्ताहान्तमा नाम, दाम र इनाम प्राप्त हुनाले जीवनशैलीमा सुधार आउनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
– भाग्यले राम्रै साथ् दिनेछ भने धार्मिक कार्य एवम तिर्थहरुमा सहभागी हुने अवसरहरु पनि मिल्नेछ। कार्यालयको काम ले झन् बोझ थपिनुका साथै थकानको महसुस पनि गराउनेछ। नया कार्यको आरम्भ हुनेछ भने राजनैतिक, सामाजिक र प्रशाशनिक गतिबिधिसग सम्बन्धित कामहरुबाट सफलता मिल्नेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले आँटेको काम बन्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउन सफल भइनेछ।

यू  ज्यो राजकुमार आचार्य
9846514305

सम्बन्धित् समाचार