गृहपृष्ठ खबर महिलाहरुलाई अघि बढाए परिवार समृद्ध हुने ः उपाध्याय

महिलाहरुलाई अघि बढाए परिवार समृद्ध हुने ः उपाध्याय

प्रकाशित मिति:

बाणगंगा नगरपालिका चारनम्बर स्थित नमस्ते नेपाल भोकेशनल एजुकेशन प्रा.लि.ले ५ दिने निःशुल्क चुरा तालिम सुरु भएको छ । तालिमको एक कार्यक्रमका बीच दीप प्रज्ववलन गरी उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता तथा भारतका लागि पूर्व राजदूत प्रमुख अतिथि दीप कुमार उपाध्यायले तालिमले महिलाहरुलाई आत्मनिर्भर बन्न ठूलो टेवा पुग्ने र आर्थिक उपार्जनका क्षेत्रमा महिलाहरुलाई अघि बढाए परिवार समृद्ध हुने, परिवार समृद्ध भए समाज र राष्ट्र समृद्ध हुने बताए । कार्यक्रममा पूर्व राजदूत उपाध्यायले महिला लक्षित कार्यक्रमका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
शनिबारबाट सुरु भएको तालिम १३ गतेसम्म संचालन हुने छ । तालिममा महिलाहरुको श्रृंगारको प्रतिक चुराको बारेमा तालिम प्रदान गरिने छ । कपिलवस्तु सामुदायिक अपस्पताल विकास समितिकाका अध्यक्ष रामजी सेन, डाक्टर दिपेन्द्र चन्द, सिद्धार्थ बजार विकास समितिका अध्यक्ष विष्णु थापा, रोटरी क्लब अफ कपिलवस्तु मिडटाउनका अध्यक्ष लक्ष्मण अधिकारी, कार्यक्रममा रेडियो बाणगंगाका अध्यक्ष दुर्गा बहादुर के.सी.,समाजसेवी टेकबहादुर शाही, दुर्गा के.सी., रवि बहादुर काफ्ले, बाणगंगा वेयल फेयर सोसाइका अध्यक्ष राज कुमार खाँण, लगायतको आतिथ्यता रहेको थियो । चुरा तालिमका लागि ५० जना महिलाहरु सहभागी रहेको कार्यक्रमको प्रमुख प्रशिक्षक मिना खरेल, सहायक प्रशिक्षक तुल्सी खत्रीले चुरा सम्बन्धी प्रशिक्षण दिने प्रा.लि.ले जनाएको छ ।

सम्बन्धित् समाचार