खाद्य सुरक्षाका बिषयमा आम नागरिक स्वयम जागरुप हुन आवश्यक रहेको एक कार्यक्रममाका सरोकारवालाले जोड दिएका छन । कपिलवस्तुको बाणगंगा नगरपालिका चार नः जितपुर दरखास्तमा रहेको माछापुच्छ्रे होटेलमा आयोजित उपभोतmा भेला प्रचार कार्यक्रममा बोल्ने बतmाले खाद्य सुरक्षाका लागी आम नागरिक जागरुक हुन आवश्यक रहेको बताएका हुन । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण भैरहवाको आयोजना र बाणगंगा नगरपालिका वडा नः ४ को सहकार्यमामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै वडा नः ४ का वडा अध्यक्ष तथा बरिष्ठ समाजसेवि गणेश बहादुर क्षेत्रीले खाद्य सुरक्षाका बिषयमा आम नागरिकले आवाज उठाएको खण्डमा वडा र नागरिक त्यसको नियन्त्रणमा लाग्ने प्रतिबद्धता समेत जनाएका थिए । कार्यक्रममा कस्तो खाद्य उपयोग गर्ने, कुन खाद्य कहिले सम्म प्रयोग गर्ने, मिसावट खानाको प्रयोगले कस्तो असर गर्छ लगायतका बिषयमा नियन्त्रणका प्राविधिकले जानकारी गराएका थिए । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रणका बिक्रम लिम्बु, शिखर आर्चाय र गौरी मल्ले प्रशिक्षण दिएका थिए । ३० बढि सरोकारवालाको सहभागिता रहेको कार्यक्रममा समाजसेवि इन्दीरा पन्त, ब्यवसायी शालिकराम भुसाल, शंकर प्रसाद न्यौपाने, पत्रकार पार्वति पाण्डे, अशोक पौडेल लगायतको सहभागिता रहेको थियो ।
खाद्य सुरक्षाका बिषयमा आम नागरिक स्वयम जागरुप हुन आवश्यक

