गृहपृष्ठ खबर ज्ञानपुञ्ज कपीलवस्तुकै उत्कृष्ट बिद्यालयको पर्यायवाची बन्न सफल

ज्ञानपुञ्ज कपीलवस्तुकै उत्कृष्ट बिद्यालयको पर्यायवाची बन्न सफल

प्रकाशित मिति:

एसईई परिक्षाको नतिजामा वाणगंगा नगरपालिका २ राजपुरमा रहेको ज्ञानपुञ्ज बोर्डिङ स्कूलले आफ्नो विद्यालयले सर्वोत्कृष्ट नतिजा ल्याएको बताएको छ । स्कूलका प्रिन्सिपल रोमकान्त घिमिरेले आफ्नो विद्यालय जिल्लामा पहिलो भएको दाबी गर्नुभएको छ । ज्ञानपुञ्ज बोर्डिङ स्कुलबाट एसईई परिक्षामा जम्मा २३ जना विद्यार्थी सहभागी थिए । जसमध्ये ४ जना विद्यार्थीले ३.८५ जि.पि.ए. सहित १५ जनाको ए प्लस आएको छ । जुन कुल विद्यार्थी संख्याको ६५ प्रतिशत बढी हुन आउँछ । यो नतिजा जिल्लामै पहिलो भएको विद्यालयको दाबी छ । यसले हामी जिल्लामा पहिलो भएको प्रष्ट देखाउँछ ।’यस्तै अरु ७ जना विद्यार्थी ए र एक जना विद्यार्थीले वि प्लस ल्याएर उत्रिर्ण भएका छन । समग्र विद्यार्थीको औषतमा आफ्नो विद्यालयको नतीजा उत्कृष्ट आएको शिक्षकहरुको दाबी छ । समग्र विद्यार्थी संख्या मध्ये राम्रो नतिजा ल्याउनेमा ज्ञानपुञ्ज जिल्लामा पहिलो विद्यालयको रुपमा रहँदै आएको छ । जुन कुरा तत्कालिन जिल्ला शिक्षा कार्यालयले हरेक बर्ष निकाल्दै आएको परिक्षा विश्लेषणमा प्रष्ट उल्लेख छ । जिशिकाले ज्ञानपुञ्जलाई लगातार तीन बर्ष सम्म परिक्षा विश्लेषणको आधारमा पहिलो स्थानमा राखेको छ ।यतिमात्र होइन ज्ञानपुञ्ज अतिरिक्त क्रियाकलापमा पनि जिल्लामै अब्बल सावित हुँदै आएको छ । जिल्ला स्तरमा हुने गीत, नृत्य, हाजिरीजवाफ, वक्तृत्वकला लगायतका प्रतियोगीतामा पनि यो विद्यालय कयौँ पटक पहिलो हुँदै आएको छ ।

सम्बन्धित् समाचार