गृहपृष्ठ खबर वाणगंगा नगरपालिकाकाे निती तथा कार्यक्रम पारित

वाणगंगा नगरपालिकाकाे निती तथा कार्यक्रम पारित

प्रकाशित मिति:

हामीले तिरेको कर हाम्रै विकासका लागि, सुन्दर र समुन्नत बाणगंगा बनाउनका लागि’ भन्ने नारा सहित नगरपालिकाले निति तथा कार्यक्रम पारित गरेको हो । नगरपालिकाको वजेट भने यहि १८ गते ल्याउने जनाएको छ । बाणगंगा नगरपरिषदका लागि निति तथा कार्यक्रम आइतवार टेवुल गरिएकोमा छलफल पछि सर्बसहमतिमा पारित भएको हो । मेयर मंगल प्रसाद थारुको अध्यक्षमा भएको निति तथा कार्यक्रम टेवुल गर्ने कार्यक्रममा बोल्दै मेयर थारुले बाणगंगाको मुहार फर्ने कामको विधिवत सुरुवात भएको वताउनु भयो ।
सो कार्यक्रममा बाणगंगा नगरको ९९ बुद्धे निति तथा कार्यक्रम प्रस्तुत गर्दै उपमेयर चक्रपाणी अर्यालले निति तथा कार्यक्रम सहज कार्यान्वयन हुनेगरी वजटेज ल्याइने वताउनु भयो । बा.न.पा ७ मोतिपुरमा भएको शुरुवाती कार्यक्रम अन्तर्गत आगमी १८ गते निति तथा कार्यक्रममा आधिरीत भएर वजेट प्रस्तुत हुने कार्यक्रम रहेकोछ । सोही दिनमा सार्वजनिक गर्नेकी असार्वजनिक गर्ने अर्काे मिति तय गर्ने अझै स्पष्ट नभएको प्रमखु प्रशासकिय अधिकृत तुलसीराम मरासीनिले वताउनु भयो ।बानपाले यसपाली नगरक्षेत्रको समग्र विकासकालागि दिर्घकालिन योजना निर्माणपुरागर्ने, रिङ्ग रोड निर्माण, वसपार्क निर्माण र नगरबस संचालन गर्ने, म सफा गर्छु मेरो नगर कार्यक्रम मार्फत कोइली —कोठी हरित पार्क निर्माणगर्ने, भूउपयोग निति ल्याउने ,कामले कर्मचारी खोज्ने नभई कर्मचारीले काम खोज्ने अवस्था श्रृजना गर्ने भएकोछ ।

सम्बन्धित् समाचार