गृहपृष्ठ खबर असार १५ मा प्राचिन कपिलबस्तु तिलौराकोटमा धान रोपाई मंगलोत्सव हुदै

असार १५ मा प्राचिन कपिलबस्तु तिलौराकोटमा धान रोपाई मंगलोत्सव हुदै

प्रकाशित मिति:

जिल्लाको प्रचिन कपिलबस्तु तिलौराकोटमा धान रोपाई मंगलोत्सव हुने भएको छ । सो मंगलोत्सव राष्ट्रिय धान दिवसको अवसर अयोजना गरिएको हो ।कपिलबस्तुको सरमुकाम तौलिहवामा बसेको स्थानिय संघ संस्थाहरुसंगको छलफलमा सो मंगलमहोत्सव गर्न लागिएको हो । कार्यक्रम ऐतिहासिक कला संस्कृतिलाई निरन्तरता दिने उद्देश्यले उक्त मंगलोत्सव गर्न लागिएको छ । मंगलोत्सवमा स्थानिय अहिरववा नाँच, थारु नाच कोहार नाच लगायत विभिन्न जातजातिको झाल्को दिने नृत्य समेत प्रस्तुत हुने छ ।
प्रचिन कपिलबस्तुको राजधानी तिलौराकोटमा महाराज शुद्धोधनको पाला देखि नै राजाले सुनको हलोले खेत जोतेर मनसुन सिजनको पहिलो खेती धान रोप्ने प्रचलन रहेको र यस बर्ष देखि सोही महोत्सवको पुन ः निरन्तरता दिर्ने उद्देश्यले सो धान रोपाई मंगलोत्सव गर्न लागिएको कार्यक्रम संयोजक एवम् लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीले बताए ।सो महोत्सवको उद्घाटन कृषि भुमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनालको प्रमुख अतिथ्यतामा हुने भएको छ । महोत्सवलाई भव्य रुपमा सफल बनाउन विभिन्न समिति गठन गरिएको छ । जसमा तेज प्रसाद आचार्यको संयोजकमा बाजागाजा, क्याम्पस तथा स्कुलको संयोजकमा भक्तिराम पंथि, संघ संस्था संग समान्वय प्रविण कुमार श्रीवास्तव, यादव नाचको संयोजकमा तुल्सीराम यादव, थारु नाचको संयोजकमा माधव प्रसाद आचार्य, कोहार नाचको संयोजकमा राम दयाल ठाकुर र मिडिया प्रचार प्रसारमा भुपाल थापा, अजय बर्मा, नारद कोहार र विक्रम विश्वकर्मा रहेका छन् । स्थानिय संग समान्वय शिवलाल यादव, युवा निर्माण व्यवसायीमा दिनेश हमाल, महिला परिचालन समितिमा लक्ष्मी श्रेष्ठ, पुष्पा रेग्मी, माया ज्ञवाली र मञ्च व्यस्थापनमा माधव प्रसाद आचार्य रहेका छन् ।

सम्बन्धित् समाचार