गृहपृष्ठ खबर बाणगंगामा सडक उद्यघाटन

बाणगंगामा सडक उद्यघाटन

प्रकाशित मिति:

जितपुर(कपिलवस्तु) १४ असार ।
सडक पक्की भएपछि कपिलवस्तु बाणगंगाका स्थानिय खुशी भएका छन । बाणगंगा नगरपालिका वडा नः २ अन्र्तगत कलौनी गोबडीहवा सडक खण्ड पिच तथा पक्की भएपछि यहाँका स्थानिय खुशी भएका हुन । बाटो पक्की भएपछि बिद्यार्थीलाई बिद्यालय आवातजावत गर्नदेखि स्थानियलाई बर्खायाम हिलो तथा खाल्डाखुल्टीले हैरानी खेप्दै आएको अव उतm समस्या समाधान भएको युवा समाजसेवि तिलक पहराइ मगरले बताएका छन । सो अवसरमा कलौनी गोवडीहवा सडक खण्ड कालोपत्रे योजना नगरपालिकाको २० लाख र जन श्रमदान ४ लाखमा सम्पन्न भएको छ । ४८५ मिटर सडक लामो रहेको उपभोतmा समुहकी अध्यक्ष बिष्णु माया थापाले जानकारी दिइन । त्यस्तै अर्को गोवडिहवा सडक कालापत्रे योजना नगरपालिकाको २० लाख र नव जागृति सामुदायिक बनको २० लाख र २५ हजार जन श्रमदान रहेको सडक निमार्ण उपझोता समुहका अध्यक्ष चन्द्र थापाले जानकारी दिए । ति दुवै सडकको बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारु र उपमेयर चक्र अर्यालले सयुतm रुपमा उद्यघाटन गरेका थिए । उद्यघाटनपछि कार्यक्रममा बोल्दै मगंल प्रसाद थारुले स्थानियकै सक्रियता भएको खण्डमा बिकासले तिव्रता लिने बताए । साथै वडा नः २ नगरकै ठुलो वडाका रुपमा रहेकाले क्षेत्रका हिसावले अवका दिनमा बजेट बिनियोजन हुने समेत बताएका थिए । त्यस्तै उपमेयर चक्र अर्यालले स्थानिय जनताले महशुस हुने गरी बिकास भए मात्र नगरपालिकाले आफनो उप्लब्धी मान्ने भएकाले वडा नः २ मा सो कुरा देखिएको उनको भनाई रहेको थियो । वडा नः २ का अध्यक्ष बिष्णु पौडेलले बिकास र बिस्तार भन्ने कुरा बिस्तारै हुने भएतापनि आवश्यकता महशुस गरी यहाँ तिव्रताका बिकासका गतिविधि भएको बताए । कार्यक्रममा बाणगंगा खानेपानी उपभोतmा समुहका अध्यक्ष बिश्व कार्की, समाजसेवि हेमनाथ पौडेल पत्रकार अशोक पौडेल लगायतले आआफनो धारणा राखेका थिए । स्थानिय ५० बढिको सहभागिता रहेको स्थानिय युवा बिष्णुु घिमिरेले जानकारी दिए ।

 

 

सम्बन्धित् समाचार