गृहपृष्ठ खबर कपिलबस्तुको तिलौराकोटमा धान दिवस मनाइयो

कपिलबस्तुको तिलौराकोटमा धान दिवस मनाइयो

प्रकाशित मिति:

राष्ट्रिय धान दिवसको अवसरमा कपिलबस्तुको तिलौराकोटमा पनि धान दिवस मनाइयो छ । मंगलोत्सवको उद्घघाटन कृषि भुमि व्यवस्थापन तथा सहकारी मन्त्री चक्रपाणी खनालले सुनको हलोले जोतेर र धान रापेर गरेका थिए । २५०० सय बर्ष अगाडी राजा शुद्धोधनले सुनको हलोले, मन्त्रीले चादीको हलोले र प्रजाले काठको हलाले जोत्ने चलन रहको थियो । असार १५ मा राजाले जातेपछि राज्यभर धान रोपाइ सुरु हुने मान्यता रहेको थियो । सो अवसरमा बोल्दै कृषि मन्त्रि खनालले तिलौराकोटलाई पर्यटन र विकासमा कसरी जोड्ने र अगडीको योजना बनाएर विकास गर्ने बताए । हामी असाध्धै पवित्र स्थालमा छौ तर यसको महत्व जुन स्तरको उचाईको पवित्र हो त्यो उचाईको बुझाई कपिलबस्तु बासीमा छैन । यसलाई राजा शुद्धोधनले एउटा महोत्वसको रुपमा मनाएका थिए । उहाले भने अहिले यो शुरुवत मात्रै हो अगमी बर्ष तिलौरकोकोटको धान महोत्सव चननुने महोत्सव होइन । जसरी हामी अहिले तिलौराकोटमा यसका इतिहास यसका प्रमाण हरु मथि निकालेर अन्र्तराष्टिय जगतमा सचै कपिलबस्तु यहि हो, शुद्धोधनको राजधानी यहि हो, बुद्ध २९ वर्ष विताएको यहि हो अरु कतै पनि होइन भनेर प्रमाणित गरेका छौ त्यस्तै धान पनि सचै अहिले दुनियाले खोज्ने, संसार भरि निर्यात हुने भारत र नेपाल को मात्रै राइट हुने बताए ।यसलाई विकास गरेर शुद्धोधनले महोत्सवको रुपमा शुरु गरेकालाई हामी यसलाई समृद्ध नेपाल र सुखि नेपाली भन्ने नाराका साथ यो दिवस मनाइएको हो । यसबाट प्रेरण लिएर अधुनिकिकरण, यन्त्रिकरण र व्यवसायीकरण तिर जनु पर्ने बताए । यो दिवसलाई अगमी दिनमा भव्यताका साथ मनाउने लुम्बिनी विकास कोषका कार्यकरीणी सदस्य तथा धान रोपाई मंगलोत्सवका कार्यक्रम संयोजक राजेश ज्ञवालीले बताए । सो अवसरमा पञ्चेबाजा, थारु लाठी नाच, अहिरौवा नाच तथा विभिन्न जातजातिका झाँकी, नाचगान एंव नृत्य प्रस्तुत् गरिएको थियो । दिवसमा प्रदेश सदस्य, सुरक्षा निकायका प्रमुख, कपिलबस्तु नगरपालिकाका प्रमुख उपप्रमुख, वडा अध्यक्ष, स्थानिय लगायतको उपस्थिति रहेको थियो । मगंल उत्सव लुम्विनि बिकास कोषका उपाध्यक्ष मेत्य शाक्य पुत्तको अध्यक्षता, कार्यकारिणी सदस्य राजेश ज्ञवालीको स्वागत पत्रकार अशोक पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार