साप्ताहिक राशिफल
असार १७ देखि २२ सम्म
मेष
– तपाईंका लागि यो साता उपलब्धिमूलक नै देखिन्छ । नया कार्यमा सहभागी हुने अवसरहरु मिल्नेछ। विविध वस्तु वा सेवा प्राप्ति हुनेछ भने ब्यापार व्यवसाय बाट पनि राम्रै लाभ लिन सकिनेछ । कार्य सफल हुनाले मन आनन्दित होला । प्रारम्भिक दिनहरुमा राजनीतिकर्मीबाट फाइदा लिन सकिने देखिन्छ । स्वस्थता एवम् आनन्दको अनुभूति होला । धेरथोर आर्थिक लाभ पनि हुनसक्छ । साताको अन्त्यतिर कुनै कामवश यात्राहरु गर्नुपर्ने हुनसक्छ । अन्तिमतिर भने कार्यमा बाधा, स्वास्थ्यमा गडबड हुनसक्छ । खानपिनमा ध्यान दिनुहोला।
वृष
– प्रारम्भिक दिन भने त्यति शुभ देखिँदैन । शोक–सन्ताप बढ्ने, कार्य असफल हुने, पेटमा गढ्बढ एवम अपच जस्ता समस्याले सताउनेछ । सोमबारदेखि भने समय लाभदायक देखिन्छ। पढाइ, प्रतियोगिता, खेलकुद, मुद्दामामिला आदिमा विजय हुनेछ । अधुरा कार्यहरु पूरा हुनेछन् भने धार्मिक एवं मांगलिक कार्यहरुमा सहभागी हुने अवसर मिल्नेछ । कर्म क्षत्र बलियो भएर जानेछन् भने साताको अन्त्यतिर नै काम बढ्नेछन्।
मिथुन
– सामान्यतया सप्ताह सामान्य नै रहनेछ । यो सातामा निकै उतारचढावहरु आउनेछन् । जीवनसाथी सग को सम्बन्ध अझ गहिरो भएर जानेछ । समग्रमा भन्दा यो हप्ताको अधिकांश दिन स्वास्थ्य समस्या, विवाद, मानसिक चञ्चलता, तनावमा बित्ला । निरर्थक धन र समयको नोक्सानी होला । मनमा शंका हरु सिर्जना हुनेछन् भने कुनै गुप्त कार्यको प्रारम्भ पनि हुनेछ। तर साताको अन्त्यबाट भने आर्थिक लाभ, खाद्यसामग्री, उपहारादि वस्तु प्राप्ति हुने सम्भावना छ । स्वास्थ्यले साथ देला ।
कर्कट
– साताको पूवार्ध भाग फलदायक नै मान्न सकिन्छ। शत्रु हरु अवरोध गर्न आए ता पनि सफलता आफ्नै हातमा पर्नेछ। धनलाभ, मानसम्मान, जीवनसाथीबाट ठूलो सहयोग हुनेछ । परीक्षा, खेलकुद, मुद्दामामिलामा विजय हुने सम्भावना छ । कार्यमा बाधा, रोगको भय, आर्थिक नोक्सानी हुने देखिन्छ । राज्यबाट भय, अपयश, प्रतिष्ठामा आँच नहोला भन्न सकिन्न । सतर्कता अपनाउनुहोला । साताको अन्त्यतिर शरीरमा आलस्य आउँ सक्छ भने कार्यहरु पछिलाई थुप्रिएर रहन सक्छन्, समयको सदुपयोग गर्नुहोला।
सिंह
– सप्ताहका धेरैजसो दिनहरु फलदायक नै देखिन्छन् भने प्रारम्भिक दिनहरुमा पढाईमा उन्नति एवं प्रगति हुनेछ। प्रतियोगिताहरु बढ्नेछन् भने कार्यमा अवरोध गर्न आउनेहरु पनि बढ्नेछन्। कार्य सफल, स्वस्थता, भाग्योदय, उपहारादि वस्तु प्राप्ति हुने सम्भावना रहेको छ । प्रेम सग सम्बन्धित क्रियाकलाप हरु बढ्नेछ । धनलाभ, यश वृद्धि, वाहन लाभको सम्भावना छ । समस्याको समाधान एवम् अधुरा कार्य पूरा होला । तर साताको अन्त्यतिर भने काममा व्यवधान, स्वास्थ्य समस्या, आर्थिक नोक्सानी नहोला भन्न सकिन्न। खानपिनमा ध्यान दिनुहोला।
कन्या
– साताको अधिकांश समय राम्रो फल दिनेवाला देखिन्छ । सुरुको दिनमा उदरजन्य रोगको सम्भावना, दिनचर्या अस्तव्यस्त, पारिवारिक विवादको सम्भावना रहेको छ। बोलीमा भने नियन्त्रण गर्नुहोला । परिवार सग मिलेर भोज भतेर एवं रमाईलो गर्ने अवसर मिल्नेछ। त्यसपछिका दिनहरु धेरै उपलब्धिमूलक छन् । कहीँबाट आफू र आफ्नो परिवारको अनुकूल शुभ समाचार सुनिने, गरेको काम सफल हुने एवं आर्थिक लाभ हुनेछ भने साताको अन्त्यतिर प्रतिस्पर्धी वा शत्रुमाथि विजय हासिल हुनेछ । आँटेको काम पूरा हुनेछ।
तुला
– साताको शुरुवातका दिनहरु समय कष्टप्रद नै देखिन्छन् भने अन्त्यका दिनहरु लाभदायक रहेकाछन्। जोस जागर एवं पराक्रम बढ्नेछ। सन्तानहरु बाट शुभ समाचार प्राप्त हुनेछ भने प्रेम सम्बन्ध पनि बलियो भएर जानेछन्। साताको अन्त्यमा इष्टमित्रसँग रमाइलो भेटघाट होला, जसबाट फाइदा हुने सम्भावना रहनुका साथै रमाइलोसँग समय बित्नेछ । तर सातको शुरुमा के गरौं र के नगरौंको स्थिति आउनेछ । स्वास्थ्यले समेत साथ नदिन सक्छ । केही हानि–नोक्सानी होला ।मध्ये दिनसम्म सतर्कता अपनाउनुपर्ने देखिन्छ ।
वृश्चिक
– तपाईंका लागि यो साता त्यति शुभ फलदायक नै देखिन्छ । साताका शुरु दिनसम्म पैसा प्राप्ति, पढाइ, व्यापारमा सफलता, मान–सम्मान वृद्धि, इज्जत–प्रतिष्ठामा वृद्धि हुनेछ। नया सोचको सुरुवात हुनुका साथै यात्राका सम्भाव्यता पनि राम्रो देखिन्छ। खानपानबाट अस्वस्थता, विनाउपलब्धिको दौडधुप हुनेछ । अपच, वायु–गानोगोलाजस्ता पेटको समस्याले सताउला । धन आर्जन एवं बोलीको विकास हुनेछ भने नसोचेका कुटुम्ब वा साथि हरु सग भेट हुने अवसर मिल्नेछ।
धनु
– यो साताका मध्यदिनहरु तपाईंका लागि शुभ फलदायक छन् । महत्वपुर्ण व्यक्तिहरु सगको भेटघाट ले मन प्रफुल्लित हुनेछ। सानै प्रयासले पनि केही प्रगति हुनेछ । नया सोचको विकास हुनुका साथै समारोह आदिमा सहभागी हुने अवसर मिल्नेछ। शुभ मांगलिक कार्यमा सरिक भइएला । तर बाँकी दिनहरु भने शुभ फल दिनेवाला देखिँदैनन् । धन हानि, मानसिक तनाव, काममा अरुचि होला । इज्जत–प्रतिष्ठामा आँच आउन सक्ने देखिन्छ । आशातीत उपलब्धि नहुँदा खिन्नता होला ।
मकर
– तपाईंका लागि यो साताका धेरैजसो दिनहरु उत्तम फलदायक छन् । साताको शुरु र अन्त्यका दिनहरुमा अल्लि नसोचेको खर्च हुन् सक्छ। खाद्यपदार्थ प्राप्ति, पुरस्कार, उपहार प्राप्ति, मिष्ठान्न भोजन प्राप्तिको सम्भावना छ । व्यापारमा सफलता हासिल होला । जोश–जाँगर बढ्नेछ । तर मध्ये दिनबाट भने स्वास्थ्यमा समस्या देखिएला । साथीभाइ, इष्टमित्रसँग विवाद पर्न सक्छ, होसियार रहनुपर्ला । अधिक खर्च होला ।
कुम्भ
– सामान्य प्रयासले पनि धन प्राप्ति, कोसेली–पुरस्कार प्राप्तिको सम्भावना रहेको छ । विदेश सग सम्बन्धित कामहरुबाट सफलता प्राप्त हुनेछ भने अधिक खर्चको समय पनि रहेको छ। मान–सम्मान पाइएला । कार्यहरु सफल एवं विजयको सम्भावना छ । मानसिक शान्ति होला । तर साताको शुरु र अन्त्यका बाँकी दिनहरु भने उपलब्धिमूलक देखिँदैनन् । विवाद, धनहानि, अस्वस्थ हुने सम्भावना छ । मनमा केहि आशंकाहरु आउँ सक्छन्।
मीन
– तपाईंका लागि साताको शुरु र अन्त्यका दिनहरु उत्तम फलदायक देखिन्छन् भने मध्यदिनहरु त्यति उपलब्धिमूलक छैनन् । स्वास्थ्य सामान्य समस्या, विवाद, हानि–नोक्सानी, चोटपटकको सम्भावना देखिन्छ । अधिक खर्च र कष्ट बेहोर्नुपर्ला । तर सुरुवातको दिनमा भने धन, खाद्यपदार्थ, कोसेली–उपहार आदि प्राप्त होला । गरिरहेको पेसा व्यवसायबाट आशातीत लाभ होला । पढाइमा प्रगति हुनेछ।
यु ज्यो राजकुमार आचार्य
९८४६५१४३०५