गृहपृष्ठ खेलकुद मेक्सिकोलाई २ गोलले पराजित गर्दै ब्राजिल पुग्यो क्वाटरफाइनलमा ।।

मेक्सिकोलाई २ गोलले पराजित गर्दै ब्राजिल पुग्यो क्वाटरफाइनलमा ।।

प्रकाशित मिति:

रसियामा मेक्सिको र ब्राजिलबीच सम्पन्न खेलमा ब्राजिलले मेक्सिकोलाई पराजित गरेको छ । ब्राजिलसँग मेक्सिको २(० ले पराजित भएको हो । खेलको अन्तिम मिनेट चलिरहँदा ब्राजिलले दोश्रो गोल गर्दे अग्रतालाई दोब्बर पारेको छ । दोश्रो गोल फर्मिनोले खेलको ८८ औं मिनेटमा गरेका हुन् । उनले नेइमारबाट प्राप्त पासलाई गोलमा परिणत गरेका थिए । मेक्सिकोलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको ब्राजिलले केहि समयपछि हुने बेल्जियम तथा जापानबीचको खेलको विजेतासँग सेमिफाइनल प्रवेशका लागि खेल्नेछ ।

ब्राजिलले दोश्रो हाफमा गोल गर्दै अग्रता लिएको थियो । खेलको ५१ औं मिनेटमा ब्राजिलका स्टार स्ट्राइकर नेइमार जुनियरले गोल गरेका थिए । नेइमारले विलियम्सबाट प्राप्त क्रसलाई सिल्प गर्दै गोल गरेका हुन् । रसियामा जारी मेक्सिको र ब्राजिलबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा दुबै टोलीले गोल गर्ने प्रयास गरेपछि गोल गर्न सकेका थिएनन् । जारी विश्वकपमा समूह चरणका तीन खेल मध्ये २ मा जीत र एकमा बराबरी खेलेको ब्राजिलले पहिलो खेलमा स्विजरल्यान्डसँग १(१ गोलको बराबरी खेलेको थियो भने कोस्टारिका र सर्बियालाई समान २(० गोलले पराजित गरेको थियो ।

सम्बन्धित् समाचार