गृहपृष्ठ खबर लुम्बिनी विकास कोषको टोली भारत भ्रमणमा: पर्यटक बढाउन छलफल

लुम्बिनी विकास कोषको टोली भारत भ्रमणमा: पर्यटक बढाउन छलफल

प्रकाशित मिति:

भारतका धार्मिक पर्यटकीय स्थललाई जोडेर बुद्व सर्किटको अवधारणा अघि बढिरहदा त्यसवाट नेपाललाई लाभ दिलाउन लुम्बिनी विकास कोषले छलफल अघि बढाएको छ । भारतका धार्मिक पर्यटकीय स्थलहरुको भ्रमणमा निस्कने पर्यटकलाई नेपालमा भित्राउन कोषले भारतका विभिन्न बुद्वसँग सम्वन्धित पर्यटकीय स्थलका अधिकारीहरुसँग छलफल अघि बढाएको हो । बुद्वसँग सम्वन्धित भारतमा रहेको स्थलहरु घुम्न आउने पर्यटकहरुको ठूलो हिस्सा  नेपाल नआउने गरेको अवस्था विद्यमान रहँदा कोषका अधिकारीहरुले त्यसका लागि पहल थालेका हुन् । नेपाल र भारतमा रहेका बुद्वसँग सम्बन्धित स्थललाई जोडेर बुद्व सर्किट गराई दुवैं देशका स्थलहरुको पर्यटकलाई भ्रमण गराउन दुइ वटैं देशले सक्रियता बढाएका छन् ।

यसै क्रममा बुद्व जन्मस्थल लुम्विनीसहीत नेपालमा बुद्वसँग सम्वन्धित स्थलहरु कपिलवस्तु, रामग्राम, देवदह लगायतका स्थलहरुमा पर्यटकलाई भित्राउन कोषको एक टोलीले भारतमा विभिन्न पर्यटकीय स्थलहरु भ्रमण गरी त्यहा पर्यटन अधिकारीहरुसँग छलफल गरिरहेको छ । भारतमा भ्रमणमा रहेको कोषका कोषाध्यक्ष सुरेन्द्र  मुनी शाक्य, कार्यकारी सदस्यहरु राजेश ज्ञवाली, अमेरिका कोहार र दुर्गा प्रसाद उपाध्यायको टोलीले त्यहा अन्तरक्रिया र छलफल गरिरहेको छ । टोलीले भारतको विहार पटनामा भारत सरकारको पर्यटन मन्त्रालयका सह निर्देशक गोविन्द सिंह भुवनको उपस्थितिमा अन्तरक्रिया गरेको छ । यसैगरी भारतका अन्य पर्यटकीय स्थलहरुको भ्रमण गरी त्यहा अधिकारीहरुसँग छलफल गरिएको कोषका कार्यकारी सदस्य राजेश ज्ञवालीले जानकारी दिए ।
नेपालले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउन लागिरहदा नेपालको परिचयको आधार बने

सम्बन्धित् समाचार