कपिलवस्तु जिल्लाको ग्रामीण भेगमा अवैधरुपमा सञ्चालन हुँदै आएका औषधि पसल तथा क्लिनिकले अहिले उपचारको नाममा सोझासाझा लाई ठग्दै आएको छन I जिल्लाको मायादेवी गाउँपालिकाको चाकरचौडा बजार, पिपरा , बिजुवा , बीमीहा , सिसवा, बग्दी , दोहनी , सेराहीया , अठकोनिया शुद्धोधन गाउँपालिकाको लबनी , नन्दनगर , हाथीहवा, दोहनी क्षेत्रमा अहिले कृतिम औषधि पसल सञ्चालक तथा क्लिनिक सञ्चालकले लुटमचाइरहेको छन I चाकरचौंडा बजार क्षेत्रमा अहिले लाइसेन्स नभएकाले पनि औषधि बिक्री गर्ने गरेको र एउटा औषधिको मूल्य दोब्बर महँगोमा बिक्री गर्ने गरेको स्थानियहरू बताउँछन तर गाउँका औषधि पसल सञ्चालकलाई सो कुरा सुनाउँदा उल्टै हप्काउने गरेको र आफूले त्यस्तो औषधि नै बिक्री नगरेको भनेर उल्टै हप्काउने गरेको छन I यता शुद्धोधनो गाउँपालिकाको क्षेत्रमा समेत औषधि पसल सञ्चालकको कसैको पनि लाइसेन्स नभएको र अवैधरुपमा क्लिनिक तथा औषधि पसल सञ्चालन गर्दै आएको अशोक पाण्डेय बताउनु हुन्छा I पाण्डेको अनुसार यस्ता औषधि पसलले गाउँले र सोझासाझा जनतालाई औषधिको निर्धारण गरिएका मूल्यभन्दा दोब्बर बढी मूल्यमा औषधि बिक्री गरेर खुलेआम जनता ठग्ने गरेको पाण्डेय बताउनुभयो ।जिल्ला प्रशासन कार्यालय , जिल्ला अस्पताल सहितको टोली अन्यत्र मुख्य बजार र शहरमा अनुगमन गर्न जाने गरेता पनि यी क्षेत्रमा उनीहरुको उपस्थिति हुन नसक्दा अवैध औषधि पसल र क्लिनिक सञ्चालकको सोझासाझा जनता ठग्ने कार्य दिन प्रति दिन बढ्दै गएको छ I
कपिलवस्तु जिल्लाको ग्रामीण भेगमा अवैधरुपमा औषधि पसल सञ्चालन
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैरूपन्देही- ४ मा यादव बने कांग्रेस उम्मेदवार
२ घण्टा अघि
सुनचाँदीको भाउमा नयाँ रेकर्ड !
२ घण्टा अघि
महाविर पुनले दिए म्याग्दीबाट स्वतन्त्र उम्मेदवार
३ घण्टा अघि








