गृहपृष्ठ ज्योतिष /वास्तु साप्ताहिक राशिफल 

साप्ताहिक राशिफल 

प्रकाशित मिति:

            साप्ताहिक राशिफल 

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
-प्रारम्भमा इच्छाशक्ति बढ्नाले महत्त्वाकांक्षी काम सुरु हुनेछ। सुरुका दिनहरुमा अवसरहरु जुट्नाले व्यक्तित्व बिकास को अनुभव हुनेछ। इक्षा शक्तिहरु बढ्नेछन् भने  आँटले काम लिँदा लक्ष्य प्राप्त गर्न सकिनेछ। बिचका  दिनदेखि भने परिस्थिति अलि असहज बन्ने देखिएकाले बोली-व्यवहारमा सजग रहनुहोला। अरूको बहकाउमा परिनाले काम बिग्रन सक्छ।  भौतिक साधनकाे अभाव सुल्झनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। अन्तिम दिनहरुमा पराक्रमले काम हरु अगाडी बढ्नेछन् भने समय सोचेजस्तै हुनेछ।  छोटा यात्राहरु हुनेछन्।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
– प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ भने विदेशासग सम्बन्धित कामहरुबाट सफलता मिल्नेछ। आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। मध्येदेखी भने  नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ। लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। तर आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउन सक्छन्। आफ्नो कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
-आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। व्यापार–व्यवसायमा पनि लाभ हुनेछ। केहि चूता यात्राका अवसरहरु पनि जुट्नेछन् , परिवारजनका आवश्यकतामा केही खर्च पनि हुनेछ। अरूको फाइदाका लागि उपयोग भइने सम्भावना देखिएकाले सजग रहनुहोला।  पछिल्लो समयमा विवादास्पद काम गर्नुपरे पनि आफन्तको सहयोग जुट्नाले अभीष्ट पूरा हुनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ। विवादमा अघि नसर्नुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
-सुरुमा केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने देखिए  तापनि, कामले विभिन्न अवसर दिलाउनेछ। साताको मध्येदेखि विशेष धन लाभ हुने समय रहेको  छ। मिहिनेत गर्दा नाम, दाम र इनाम प्राप्त हुनेछ भने  आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुआत गर्ने अवसर जुट्नेछ। तर, लगत्तै अनियन्त्रित खर्च पनि हुनेछ। साताको अन्तिमतिर भने  अर्थअभावको अनुभूति हुनेछ। तापनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। सप्ताहान्तमा आफन्त र साथीभाइसँग भेटघाट समेत हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
-प्रारम्भमा स्वास्थ्य चिन्ताले सताउन सक्छ। जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्। तापनि प्रतिष्ठित कामले समाजमा स्थापित गराउन सक्छ। धार्मिक समारोह तथा तिर्थस्थालाहरुमा यात्रा गर्ने अवसरहरु मिल्नेछ भने  अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्ने समय छ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। लाभांशका लागि अलि संघर्ष गर्नुपर्ला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
– यो सप्ताह मा तपईलाई उतारचढावहरु  आईरहनेछन। स्वस्थ स्थितिमा भने केहि समस्या आउँ सक्छ। मनमा चिन्ताहरू बढ्नेछ भने अकस्मात खर्चको यो प्रारम्भिक दिनहरुमा देखिनेछ। बादबिबादमा समय व्यर्थ गर्न पर्ने हुनसक्छ। साताको मध्यबाट भने सुधार हुदै जानेछ। व्यक्तित्व बिकास एवं मित्रहरुसग भेटघाट गर्ने मौका आउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
– प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ। साताको मध्ये दिनदेखि अप्ठ्यारा कामको बोझ थपिन सक्छ। अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। अन्त्यका दिनतिर भने  स्थितिमा सुधार आउनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ। गोपनीयतामा ध्यान दिनुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
– प्रारम्भमा प्रतिस्पर्धीहरूले दु:ख दिए पनि व्यवहारमा राम्रै अवसर हात पार्न सफल भइनेछ। पुरुषार्थी काम बन्नाले जोश–जाँगर बढ्नेछ। पहिलेको उपलब्धिले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। दिगो फाइदा हुने काम हातलागी हुनेछ। तर वादविवादमा अघि नसर्नुहोला। बीचमा झुटा आरोपका साथै परिबन्धले अनावश्यक झमेला थपिदिन सक्छ। स्वास्थ्यमा पनि ध्यान पुर्याउनुहोला। समस्यासँग जुध्नुपरे पनि पछि फाइदा हुने काम प्रारम्भ हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
– अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ। सुरुमा केही काम रोकिए पनि सोमवारदेखि स्थितिमा सुधार आउनेछ भने अधिकार र प्रतिष्ठा स्वत: प्राप्त हुनेछ। व्यवसायका लागि रमाइलो यात्रा गर्ने अवसर जुर्न सक्छ। व्यापार र उद्योगमा विशेष फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा राम्रै परिवर्तन ल्याउन सकिनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ। सप्ताहान्तमा स्वास्थ्यका कारण काममा समस्या पर्न सक्छ। तापनि शुभचिन्तकहरूको साथले ऊर्जा प्राप्त हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
– सुरुमा घरेलु समस्या देखापर्न सक्छन्। केहि अप्ठ्यारो परिश्थितिका कारण  काम रोकिने सम्भावना छ।  भौतिक साधनकाे कमीले पनि केही अप्ठ्याराे पर्ला। कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो ल्याउने चेष्टा गरे पनि आँटले काम बनाउन सकिनेछ। मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। व्यवसायमा प्रगति हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
– जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि प्रतीक्षा गर्नुहोला। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। तर आफ्नो श्रमबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। शुभचिन्तकहरूले भने साथ दिनेछन्। भित्रिएको रकम अरूलाई नसुम्पनुहोला। अध्ययनमा पनि धेरै समय दिन नसकिए पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। सप्ताहान्तमा अप्ठ्यारा कामको बोझ थपिए पनि बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
– बोलीको प्रभावले विशेष अवसर प्राप्त गर्न सकिनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम गर्ने समय छ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। हिम्मत गर्दा भविष्यका चुनौती पन्छाउन सफल भइनेछ। तर आफन्तहरूको सञ्जालबाट टाढा रहँदा राम्रो हुनेछ।

यू  ज्यो राजकुमार आचार्य
९८४६५१४३०५

सम्बन्धित् समाचार