गृहपृष्ठ खबर कपिलबस्तुका साझेदारि वनहरुको मिडिया अन्तरक्रिया तथा अनुगमन ।।

कपिलबस्तुका साझेदारि वनहरुको मिडिया अन्तरक्रिया तथा अनुगमन ।।

प्रकाशित मिति:

कपिलबस्तुका साझेदारि वनहरुको पत्रकारहरु तथा विभिन्न सरोकारवालाहरुद्धारा मिडिया अन्तरक्रिया तथा स्थलगत अनुगमन गरिएको छ । जिल्ला वन कार्यालय कपिलबस्तुको आयोजना, विभिन्न साझेदारि बन, सामुदायिक वन तथा नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाको समन्वयमा जिल्लाका विभिन्न साझेदारि वनहरुको अनुगमन गरिएको हो । मायाँदेवि साझेदारि वन, कपिलबस्तु साझेदारि वन, तिलौराकोट साझेदारि वन, गौतम बुद्ध साझेदारि वन र बैजलपुर सामुदायिक वनमा मिडिया अन्तरक्रिया तथा स्थलगत अनुगमन गरिएको हो ।

वनहरुको वन अतिक्रमण, वृक्षारोपण तथा वन विनाश सम्बन्धि अनुगमन गरिएको छ । मायाँदेवी साझेदारि वनमा केहि अतिक्रमण क्षेत्र हटाईएको अनुगमनका क्रममा पाईएको छ । विस २०७० सालदेखि अहिलेसम्म २०० हेक्टर अतिक्रमित वन हटाईएको छ । मायाँदेवी साझेदारि वनका पट्ना ब्लक, प्रतिभाईस्ट ब्लक र पिपरा ब्लक गरि तीन ओटा ब्लकमध्ये पट्ना ब्लकमा अझै पनि केहि क्षेत्र अतिक्रमित रहेको वनका अध्यक्ष अजिज खाँनले बताए । कुल १७ सय ३५ हेक्टरमा फैलिएको उक्त वनमा स्थानियहरु संग समन्वय गरि वास्तविक सुकुम्वासिहरुलाई समस्या नपर्ने गरि अझै पनि अतिक्रमित हटाउँने प्रयास भईरहेको बताए ।
कपिलबस्तु साझेदारि वन र गौतम बुद्ध साझेदारि वनमा खालि ठाउँमा वृक्षारोपण कार्य भईरहेको अनुगमनका क्रममा पाईएको छ । स्थानियहरु तथा वनका सरोकारवालाहरुको सक्रियतामा वृक्षरोपण गरिएको कपिलवस्तु साझेदारि वनका अध्यक्ष गंगेश तिवारि र गौतम बुद्ध साझेदारि वनका अध्यक्ष जानकि यादवले बताए ।

बैजलपुर सामुदायिक वनमा भने विरुवा पुर्न उत्थान कार्य भईरहेको पाईएको छ । वनहरुको अतिक्रमण नियन्त्रण, वृक्षारोपण तथा वनविनाश नियन्त्रण गर्न स्थानिय तहका जनप्रतिनिधिहरुले खासै चासो नदेखाएको वनका प्रतिनिधिहरुले बताएका छन् । साझेदारि वनहरुको संरक्षणले आर्थिक, सामाजिक तथा पर्यटकिय रुपमा पनि विकास हुने भएकाले वनहरुको संरक्षणमा सम्बन्धित निकायहरुले विशेष ध्यान दिन आग्रह गरेका छन् । जिम्मेवार ब्यक्ति तथा सर्वसाधारणहरुले नै वन अतिक्रमण गर्ने हुँदा त्यसबाट पर्ने असर स्वयं आफैले नै भोग्नुपर्ने भएकाले सबैले हातेमालो गरि वन संरक्षण गर्न पहल गर्न पत्रकारहरुसंग आग्रह गरेका छन् ।
उक्त मिडिया अन्तरक्रिया तथा अनुगमनमा सम्बन्धित वनका प्रतिनिधिहरु, पत्रकार महासंग कपिलबस्तु शाखाका सचिव हरि अधिकारि, सदस्यहरु गरि कपिलबस्तुका ३५ पत्रकारहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित् समाचार