सामुदायिक रेडियो सैनामैना ९१ मेगाहर्जको आयोजना तथा सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा ३ दिने लागु औषध दुव्र्यसनी नियन्त्ररण कार्यक्रम आज सैनामैना नगरपालिका वडा नम्बर १० को सभाहल सालझण्डीमा सम्पन्न भएको छ । राष्ट्रमा ठुलो चुनौतिका रुपमा रहेको लागु औषध दुव्र्यसनीको अन्तय गर्ने उद्देश्यका साथ सञ्चालित कार्यक्रममा सैनामैना नगरपालिका वडा नम्बर १० र ११ का युवा युवती तथा अभिभावकहरुलाई प्रोजेक्टरको माध्यमबाट लागु पदार्थ के हो, अनि यो कसरी बनाइन्छ, साथै लागु औषधले मानव जिवनमा कस्ता कस्ता असर पार्दछ भन्ने विषयमा प्रशिक्षक मिन सेनले प्रशिक्षण दिएका थिए ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख चित्र बहादुर कार्कीले लागु पदार्थ दुव्र्यसनीलाई नियन्त्रण गर्नका लागि नगरपालिका भित्रका विद्यालयहरुमा बाल क्लव गठन गर्ने, नगरपालिकाले आगामी दिनहरुमा यस्ता खालका अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्ने र सम्पुर्ण नगर भित्रका टोल विकास संस्थालाई सक्रिय बनाउने बताए । साथै सैनामैना नगरपालिकालाई लागु औषध दुव्र्यसनी मुक्त नगर बनाउन सबैले आ आफ्नो स्थानबाट सहयोग गर्न आग्रह समेत गरेका छन् ।
सम्पन्न कार्यक्रमा रेडियो सैनामैनाका अध्यक्ष कृष्ण प्रसाद पोख्रेलको अध्यक्षता, सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीको प्रमुख आतिथ्यता, नगर उपप्रमुख बिना राना, प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद भण्डारीको विशिष्ट आतिथ्यता, सैनामैनम नगरपालिका वटा नम्बर १० का वडाध्यक्ष लोक नारायण थापा, वडा सदस्य कल्पना कुवँर, मकालु स्वास्थ्य चौकीका सञ्चालक जुनु थापा लगायतको आतिथ्यता, नविन घिमीरेको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रको सञ्चालन मदन थापाले गरेका थिए । समाजमा भुसको आगो सरी बढदै गएको यो समस्यालाई न्यूनिकरणमा अभिभावक, युवा जनता सञ्चारकर्मी, सुरक्ष्ााँ निकायको भूमिका महत्वपूर्ण छ ।