काठमाडौँ — सिंहदरबार पश्चिम तर्फको २ नम्बर गेट अगाडि रहेको बिजुलीको खम्बामा आगलागी भएको छ ।रामशाह पथअन्तर्गत बिजुलीको पोलमा शुक्रबार करिब ३ बजे आगलागी भएको हो । आगो करिब १५ मिनेट लागेको थियो ।

आगलागीका कारण ट्रान्समिटरमा क्षति पुगेको छ। आगो सिंहदरबारभित्र रहेको नेपाली सेनाको दमकलको सहायताले निभाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
भिडियो
आगो निभाउने क्रममा केहीबेर उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित भएको थियो। तर, अहिले नियमित सञ्चालनमा आइसकेको ट्राफिक कन्ट्रोल रुमले बताएको छ ।
आगलागीपछि उक्त क्षेत्रमा विद्युत् सेवा अवरुद्ध छ।

प्रकाशित : असार २९, २०७५ १५:५५