साप्ताहिक राशिफल
असार ३१ देखि साउन ५ सम्म
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
– सुरुमा घरेलु समस्या देखापर्न सक्छन्। केहि अप्ठ्यारो परिश्थितिका कारण काम रोकिने सम्भावना छ। भौतिक साधनकाे कमीले पनि केही अप्ठ्याराे पर्ला। कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो ल्याउने चेष्टा गरे पनि आँटले काम बनाउन सकिनेछ। मिहिनेत गर्दा धेरैलाई उछिन्ने मौका छ। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। उत्तरार्द्धमा प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। दिगो फाइदा हुने काम प्राप्त हुनेछ। व्यवसायमा प्रगति हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको गाँठो समेत कसिन सक्छ। सप्ताहान्तमा स्वास्थ्यका कारण काममा समस्या पर्न सक्छ। तापनि शुभचिन्तकहरूको साथले ऊर्जा प्राप्त हुनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
– समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन कसिन सक्छ। खर्चहरु बढ्न सक्छ भने आर्थिक दृष्टिकोणले पनि परिवारभित्र संकट आउँ सक्छ। नया परिवेश वा समारोह मा सहभागी हुने अवसरहरु आउनेछन। गीत संगीत् लगाएतका मनोरन्जनामा मन जानेछ। धार्मिक वा मांगलिक कार्यमा सहभागी बहिएला। शुभचिन्तकहरूको साथ जुट्नाले काममा फाइदा हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
– धेरै बोल्ने बानीले विवाद निम्त्याउन सक्छ। खराब व्यक्तिको संगतले बुद्धिभ्रम हुनेछ। घरेलु समस्यामा अलि सावधान रहनुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ उठाउन सफल भइनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। जोस र जागर बढ्नेछ, साताको मध्यतिर आराम मिल्ने समय मिल्नेछ भने कोहि नसोचेका मित्र वा आफ़न्तसग भेट हुने मौका मिल्नेछ। स्वासप्रस्वासमा समस्या आउन सक्छ भने परिवार भित्र को जिम्मेवारी पनि बढ्न सक्छ। बीचमा समस्या आए पनि हिम्मत गर्दा चुनौती पन्छाउन सफल भइनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
– लगनशीलताले प्रतिष्ठा दिलाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। आवश्यकता अनुसार फाइदा उठाउन गाह्रो हुनेछ। खर्च बढ्न सक्छ भने वादविवादमा समय बित्न सक्छ, समयको सदुपयोग गर्नुहोला। आफ्ना कुटुम्ब, आफ़न्तसग मिल्ने र संगै समय बिताउने मौका हरु आउँन सक्छन्। पराक्रम र धैर्यताले कामहरुमा बढोत्तर हुनेछ। ठुला सोचहरुको विकास हुनेछन्। सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्। अरूको दबाबमा परेर निर्णय लिन बाध्य भइनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
– प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। लाभ नहुने कामको समेत जिम्मेवारी सम्हाल्नुपर्ला। बल र बुद्धिको बिकास हुनेछ भने नया कुराको खोजि गर्न मन प्रेरित हुनेछ। परिश्रमअनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ। आफन्तबीच आत्मीयतामा कमी आउने देखिन्छ। ढिलासुस्तिका कारण अवसरहरु हातबाट फुस्किना सक्छ भने बोलीको नियन्त्रण गर्नुहोला। यात्रा गर्ने अवसर जुर्न सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
– प्रारम्भमा आम्दानीका विविध स्रोत फेला परे पनि लाभ उठाउन नसकिएला। परिस्थितिवश हातबाट सञ्चित रकम बाहिरिन सक्छ। काम देखाएर उपलब्धि हातपार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। दोष, प्रत्यारोप हरु आउन सक्छन्। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्न सक्छ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
– प्रतिष्ठित काम गरेर समाजमा स्थापित हुने समय छ। काम देखाएर उपलब्धि हातपार्ने मौका छ। नयाँ काम वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने अवसर जुट्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। आम्दानीका विभिन्न स्रोत जुट्नेछन्। समुदायको हक हितको संरक्षण गर्न सकिनेछ। नया परिवेश वा समारोह मा सहभागी हुने अवसरहरु आउनेछन। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। घर–परिवार तथा आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। साताको अन्त्यतिर एकाग्रतामा कमि आउँन सक्छ । छिट्टै बिर्सिने समस्याले केहि तनावमय गराउन सक्छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
– -प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ। कर्मयोगले समाजमा स्थापित गराउन सक्छ। काम देखाएर उपलब्धि हातपार्ने समय छ। विशेष जिम्मेवारी वा नोकरी प्राप्त हुन सक्छ। धार्मिक वा मांगलिक कार्यमा सहभागी बहिएला। ब्यापार व्यवसाय वा कार्यालयको कामले केहि अप्ठ्यारोपनको महसुस गराउनेछ। मनग्गे आम्दानी हुनेछ। सप्ताहान्तमा मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
– शरीरमा कमजोरी अनुभूति हुनेछ। आवेशमा गरिएको कामले पछि चिन्तित तुल्याउन सक्छ। कार्यहरुमा अवरोध सिर्जना हुन सक्छन् भने अनावश्यक झनझटहरु आईलाउनेछन। स्वास्थ्यका लागि सजग रहनुहोला। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। केहि अप्रत्यासित उपहारहरु प्राप्त हुनेछन। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। असहज परिस्थितिका बीच कामको बोझ बढ्न सक्छ। सुरुवातको दिनहरु तनावमय भए पनि साताको अन्त्यतिर भने मन प्रफुल्लित हुनेछ। जोस र जागर बढ्नेछ। संयमता भने अपनौनुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
– प्रारम्भमा प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ। चिताएका काम बन्नाले प्रशस्तै धनलाभ हुनेछ। मध्यका दिनदेखि अप्ठ्यारा कामको बोझ थपिन सक्छ। चोटपटकको योग देखिएकाले स्वास्थ्यका लागि सजग रहनुहोला। अरूकै लागि रकम र समय खर्चनुपर्ला। सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
– चुनौती पन्छाएर काम बनाउन सकिनेछ। मिहिनेतले अवसर दिलाउनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। तर फजुल खर्च र वादविवादले भने समस्या निम्त्याउन सक्छ। शुभचिन्तकहरू पनि टाढिन सक्छन्। मालमत्ता हराउनाले पनि समस्या पर्नेछ। बुधवारपछि स्वास्थ्यबाधा र मनको डरले सताउनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। आराम र आहारविहारमा ध्यान पुर्याउनुहोला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
– प्रारम्भमा अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ। बलजफ्तीले काम बिग्रनेछ भने अर्थ अभावले पनि समस्या उत्पन्न हुनेछ। मध्ये दिनदेखि व्यापार र उद्योगमा मनग्गे फाइदा हुनेछ। स्रोत–साधन जुट्नाले छोटो समयमा उपलब्धि हातलागी हुनेछ। शत्रुहरू पछि हट्नेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। खर्च लागे पनि व्यवसायका लागि रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। सप्ताहान्तमा विवादास्पद जिम्मेवारीले समस्या निम्त्याउनेछ। गोपनीयता बाहिरिनेछ भने अरूलाई दिएको वचन पूरा नहुन सक्छ।
यू ज्योतिषी राजकुमार आचार्य
९८४६५१४३०५