गृहपृष्ठ पत्रपत्रिका बाट राजधानीको फोहोर अझै उठेन !

राजधानीको फोहोर अझै उठेन !

प्रकाशित मिति:

वैखरी l

उपत्यकाको एक मात्र फोहोर व्यस्थापन गर्ने सिसडोल ल्यान्डफिल साइटको प्रवेश गर्ने बाटो भासिएका कारण उपत्यकाको फोहोर केही दिन अझै नउठ्ने भएको छ ।

वर्षातकका कारण दुई सातादेखि राजधानीको फोहोर व्यवस्थापन हुन सकेको छैन ।
उपत्यकाको सडक गल्लीमा फोहोरको डंगुर थुप्रिएको छ । अधिकांश बटुवा नाक थुनेर हिँड्न बाध्य भएका छन् ।
फोहोरकै कारण राजधानीमा हैजा फैलन सक्ने खतरा बढेको छ ।

सिसडोल प्रवेश गर्ने बाटो बिग्रिएको कारण फोहोर व्यवस्थापन गर्न नसकिएको कामपा वातावरण विभागले जनाएको छ । फोहोर उठिरहेको दाबी गरे तापनि दुई हप्ता यता दैनिक ५ ट्रकभन्दा बढी फोहोर व्यवस्थापन हुन सकेको छैन ।

कामपाले घरमै फोहोर व्यवस्थापन गर्न राजधानीवासीलाई अपिल गरेको छ । चिकित्सकहरूले अहिलेको अवस्था केहीदिन रहे राजधानीमा हैजा फैलन सक्ने चेतावनी दिएका छन् । आजको नेपाल समाचारपत्रमा यो खबर रहेको छ ।

सम्बन्धित् समाचार