गृहपृष्ठ खबर काँग्रेसले सदन र सडक दुबै तताउने

काँग्रेसले सदन र सडक दुबै तताउने

प्रकाशित मिति:

काठमाडौं । नेपाली काँग्रेसले सरकारविरुद्ध देशव्यापी सडक आन्दोलनको घोषणा गरेको छ । केन्द्र सरकार प्रदेश सरकार मनोमानी ढंगले अघि बढेको र अधिनायकवाद उन्मुख देखिएको आरोप लगाउँदै काँग्रेसले देशभर आन्दोलन गर्ने घोषणा गरेको हो ।

 

काँग्रेस महामन्त्री शशांक कोइरालाद्वारा जारी गरिएको विज्ञप्तिमा सरकार संविधानको भावना र मर्म अनुसार अगाडि वढ्नुको सट्टा कानूनी शासनको खिल्ली उडाउँदै मनोमानी ढंगबाट संचालन गर्न उद्दत रहेको आरोप लगाइएको छ ।

चिकित्सा शिक्षा विधेयक, पूववर्ती सरकारको निर्णय उल्टाएको र संविधानको भावना विपरित सभामुख र उपसभामुख एउटै दलको बनाएका विषयलाई केन्द्रविन्दुमा राखेर आन्दोलन घोष्णा गरिएको छ । निर्णय अनुसार ३ गते संघीय संसद र सातवटै प्रदेशसभाका बैठक अवरुद्ध गर्दै प्राध्यापक संघ र नेपाल चिकित्सक संघको नेतृत्वमा संयुक्त जुलुश प्रदर्शन गर्ने जनाएको छ ।

बिरोध प्रदर्शनमा कांग्रेसले आफ्ना सबै भातृ तथा शुभेच्छुक संस्थाका सदस्यहरुलाई अनिबार्य उपस्थित हुन निर्देशन दिएको छ । कांग्रेस उपसभापति निधिले सरकारले चिकित्सा शिक्षा प्रतिस्थापन बिधेयक कसैको स्वार्थमा ल्याएको भन्दै त्यसका बिरुद्ध आन्दोलनमा जानु परेको बताए।

अनसनरत डा. केसीको जीवनप्रति सरकार गैरजिम्मेवारपूर्ण ढंगबाट प्रस्तुत भएको भन्दै उहाँले केसीको स्वाथ्यमा तलमाथि भए सरकार नै जिम्मेवार हुनुपर्ने उल्लेख गरे।

त्यसैगरी, ५ गते तरुण दलको नेतृत्वमा राजधानीमा, ८ गते उपत्यका र १५ गते ७७ जिल्लाकै सदरमुकाममा एकसाथ संयुक्त प्रदर्शन गर्ने निर्णय गरेको छ ।

सम्बन्धित् समाचार