गृहपृष्ठ खबर नेपाल लाईफ ईन्स्योरेन्स जितपुर उपशाखाद्धारा प्रगति विवरण समिक्षा ।।

नेपाल लाईफ ईन्स्योरेन्स जितपुर उपशाखाद्धारा प्रगति विवरण समिक्षा ।।

नेपाल लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेड जितपुर उपशाखाले एक कार्यक्रमको आयोजना गरि अर्थिक बर्ष २०७४ ७५ को आर्थिक प्रगति विवरण समिक्षा गरेको छ । विस २०७४ फागुन महिनादेखि सञ्चालित उक्त उपशाखाले छोटो समयमा विमा व्यावसायमा उल्लेख्नियय प्रगति गर्दै आईरहेको छ । स्थापना समय देखि प्रथम विमा शुल्क रु ७६ लाख ३ हजार १ सय ४४ सङकलन गर्न सफल भएको उपशाखा प्रमुख अर्जुन भुसालले बताए ।

कम्पनिका वरिष्ठ एजेन्सि म्यानेजर तथा कार्यक्रमका सहजकर्ता धातानन्द भुसालले नेपालका जिवन विमा कम्पनिहरुमा नेपाल लाईफ ईन्स्योरेन्सको सर्वाधिक चुक्ता पँुजि भएको कम्पनिले बोनसदर प्रतिवर्ष प्रति विमाङ्कमा १ लाखमा  ६ हजार ५ सय देखि ८ हजार २ सय प्रदान गर्दै आएको स्पष्ट पारे । उनले जिवनविमा गर्नु भनेको आर्थिक सुरक्षा, बचत र प्रतिफल सहितको फिर्ता योजना भएकाले कम्पनिको आर्थिक अवस्था तथा वोनस दरको आधारमा विमा गर्नुपर्ने, विमा गर्न सबैलाई चेतना फैलाउन सबैलाई आग्रह गरे । कार्यक्रममा कम्पनिका एजेन्सि म्यानेजर, व्यवसाय संयोजक, अभिकर्ता तथा कम्पनिका सुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार