गृहपृष्ठ खबर डा. केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगियो

डा. केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगियो

प्रकाशित मिति:

काठमाडौं,३ साउन-सरकारले डा. गोविन्द केसीलाई जुम्लाबाट काठमाडौं ल्याएको छ। वुधबार राति आकस्मिक रुपमा बसेको (नेकपा)को बैठकले हेलिकोप्टरमा ल्याउने योजना बनाएअनुसार डा. केसीलाई जवरजस्ती काठमाडौं ल्याइएको हो।

अहिले डा.केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ। विहिबार विहानै शिक्षामन्त्री गिरिराजमणि पोखरेलले डा.केसीलाई शिक्षण अस्पतालमा राख्ने कुरा गरेका थिए। यद्यपि, नेकपाको आकष्मिक बैठकमा भने सेनाको अस्पतालमा राख्ने कुरा भएको थियो।

प्रहरी प्रशासनले स्थानीयमाथि नै लाठी र गोली प्रहार गरेपछि निकै दुःखी भएका डा. केसी काठमाडौ आउन तयार भएका हुन्। आफ्ना समर्थकहरुमाथि सरकारले गरेको दमन हेर्न नसकेपछि केसी आफै हेलिकोपटरमा आएका छन्।

केसी २० दिनदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत थिए ।

सम्बन्धित् समाचार