गृहपृष्ठ खबर युनाईटेड नेश्नल हस्पिटलमा मेजर अप्रेसन सेवा प्रभावकारि बन्दै ।।

युनाईटेड नेश्नल हस्पिटलमा मेजर अप्रेसन सेवा प्रभावकारि बन्दै ।।

प्रकाशित मिति:

युनाईटेड नेश्नल हस्पिटल चार नम्बर जितपुरमा मेजर अप्रेसन सेवा प्रभावकारि बन्दै गएको छ । २०७५ सालको सुरुवात संगै सुरु गरिएको मेजर अप्रेशन सेवा प्रभावकारि बन्दै गएको अस्पतालले जनाएको छ । अप्रेसन सेवा सुरु भएपछि १० वटा मेजर अप्रेसन सफल भईसकेका छन् । शुक्रवार मात्र २ वटा अपरेशन सफल भएको अस्पतालाका सचिव अमित पौडेलले बताए । यस अस्पतालमा अर्थाेपेडिक सर्जनद्धारा हाड्जोर्निका अपरेशसनहरु सफल भईरहेका छन् । पहिलाको तुलनामा अस्पतालमा विरामिहरुको विचार अनि सोँचाई पनि सकारात्मक भएको छ । सेवा लिन आउँने सेवाग्राहिहरुको पनि भिड लागेको पाईन्छ । स्वास्थ्य केन्द्रहरुबाट दिईने सेवामात्र दिएको यस अस्पतालमा मेजर अप्रेशन जस्तो महत्वपुर्ण उपचार पाउँने भएपछि विभिन्न ठाउँमा गई महगंो रकम तिर्न नपर्ने भएपछि सर्वसाधारणहरु पनि निकै हर्षित छन् । यहाँ अहिले दक्ष तथा अनुभवि विशेषज्ञद्धारा पित्त थैलिको अप्रेसन, हर्निया, हाईड्रोसिल, एपेण्डिसाईट, पाठेघरको अप्रेसन गर्नुका साथै अप्रेसनबाट बच्चा जन्माउँने ब्यबस्था समेत सञ्चालन भईरहेको बताईएको छ । ओ पि डि सेवा पनि सञ्चालन भईरहेको छ ।

करिव १० बर्ष पहिले स्थापना भएको यस अस्पतालमा पहिला सामान्य रोगको रोगको मात्र उपचार हुन्थ्यो तर अहिले विभिन्न गम्भिर उपचारको व्यबस्था भईसकपेछि यस क्षेत्रकै उत्कृष्ट अस्पताल बनाउँने प्रयास भईरहेको अस्पतालले जनाएको छ । त्यस्तै अव निकट भविष्यमै गर्वभति महिलाहरुको निशुल्क चेक जाँच गरिने अस्पताल प्रसाशनले जनाएको छ ।

५१ शैया सहित प्राविधिक शिक्षा अध्ययनकेन्द्र को रुपमा स्थापित गर्न आवशयक पर्ने जग्गा खरिद तथा भवनको नक्सा निर्माण कार्य सम्पन्न भएको अस्पतालका सचिव पौडेलले बताए । विभिन्न स्थानका सर्वसाधारणहरुले महंगो मुल्य तिरेर उपचार गराउनुभन्दा यस अस्पतालको भौतिक तथा आर्थिक पक्ष विकास गरि उत्कृष्ट बनाउँनका लागि सम्बन्धित निकायले ध्यान दिन आवश्यक देखिन्छ ।

सम्बन्धित् समाचार