गृहपृष्ठ खबर कानुन मन्त्रीको आपतिजनक अभिव्यक्ति ‘बंगलादेशमा डाक्टरको सर्टिफिकेट पाउन नेपाली छात्राले अस्मिता बेच्नुपर्छ’

कानुन मन्त्रीको आपतिजनक अभिव्यक्ति ‘बंगलादेशमा डाक्टरको सर्टिफिकेट पाउन नेपाली छात्राले अस्मिता बेच्नुपर्छ’

प्रकाशित मिति:

काठमाडौं । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले बंगलादेशमा पढ्न जाने नेपाली चेलीहरुले आफ्नो अस्मिता बेच्ने गरेको विवादास्पद अभिव्यक्ति दिएका छन् ।

उनले भने, ‘हामी हाम्रा छोरी–चेलीहरुलाई पढ्न पठाउछौं तर उसले आफुलाई त्यहाँ नसुम्पिकन सर्टिफिकेट प्राप्त गरिरहेको स्थिति छैन त्यसैले यहि पढ्न पाउनु पर्छ भन्दा हामी नै प्ले कार्ड लिएर बाहिर निस्कन्छौं ।

यसअघि बिएन्डसी सञ्चालक दुर्गा प्रसाईँले पनि यस्तै किसिमको अभिव्यक्ति दिएको कारण विवाद सिर्जना भएको अवस्थामा कानुनमन्त्रीबाट यस्तो अभिव्यक्ति आएको हो ।

चिकित्सा शिक्षा ऐन विधयेक संशोधनको माग गर्दै अनसन बसेका प्राडा गोविन्द केसीलाई लक्षित गर्दै उनले सो अनसन बस्नुको कुनै अर्थ नरहेको बताएका हुन् ।

यसअघि नेपाली मेडिकल स्टुडेन्ट एशोसिएशन बंगलादेशले शुक्रबार विज्ञप्ती जारी गरि बिएन्डसी सञ्चालक दुर्गा प्रसाईँले तथ्यहीन कुराहरु बोलेको भन्दै कारबाही गर्न सरकारसमक्ष माग गरेको  थियो ।

एशोसिएशनले यस प्रकारको अभिव्यक्तिले बंगलादेशमा अध्ययनरत हजारौं चेलीहरुलाई चोट परेको र वास्तविकता नबुझि मनगढन्ते तरिकाले आएका प्रसाईँका अभिव्यक्ति प्रति आपत्ति प्रटक गरेको थियो ।

कारवाही गर्न सरकार समक्ष नेकपाका प्रवक्ताको माग

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङलाई कारबाहीको माग गरेका छन्। आइतबार श्रेष्ठले ट्विट गर्दै कानुन मन्त्रीलाई कारवाहीको माग गरेका हुन्।

सम्बन्धित् समाचार