काठमाडौँ / पूर्वराष्ट्रपति डा रामवरण यादव शिक्षण अस्पताल पुगी अनशनरत डा गोविन्द केसीको स्वास्थ्यवस्थाबारे जानकारी लिनुभएको छ । डा केसीका सहयोगी विशद दाहालले कुनै उपचार र औषधि नलिएका कारण उहाँको स्वास्थ्य गम्भीर बन्दै गएको अवगत गराउनुभयो । पूर्व राष्ट्रपति यादवले केसीको स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।
सरकारले अनशनको २४ औं दिन वितिसक्दा पनि गम्भिरता प्रकट नगरेको हुनाले डा. केसी को जीवन दिनप्रतिदिन जोखिम अवस्थामा गईरहेको छ