गृहपृष्ठ ज्योतिष /वास्तु चन्द्र ग्रहण : राशिफल एवं गर्न हुने ,नहुने काम र वैज्ञानिक आधार

चन्द्र ग्रहण : राशिफल एवं गर्न हुने ,नहुने काम र वैज्ञानिक आधार

प्रकाशित मिति:

चन्द्र ग्रहण;  राशिफल एवं  गर्न हुने नहुने काम र वैज्ञानिक आधार

युवा ज्योतिषी राजकुमार आचार्य

साउन ११ गते शुक्रबारका दिन खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। शताब्दी यताकै  सबैभन्दा लामो  खग्रास चन्द्रगहण   नेपाल, भारत, एशिया, अस्ट्रेलिया, रुस, युरोप लगायत केहि अफ्रिका र उत्तरी अमेरिका सहित विश्वका अधिकांश ठाउँबाट देखिनेछ । चन्द्रग्रहणको खग्रास समय १ घण्टा ४३ मिनेटको हुनेछ। त्यस समयमा चन्द्रमा पुरै गाढा रातो रङ्गमा देखिनेछ। चन्द्र ग्रहण भने चार घण्टा भन्दा बढीको हुनेछ। नेपालमा भने  नेपाली समय अनुसार रातीको १२ बजेर ९ मिनेटमा स्पर्श हुनेछ र रातीको १ बजेर १५ मिनेटदेखि सम्मिलन अर्थात् पूर्ण खग्रास प्रारम्भ भर्इ रातीको २ बजेर ८ मिनेटमा मध्य हुने र रातीको २ बजेर ५९ मिनेटमा खग्रासको अन्त्य हुँदै रातीकै ४ बजेर ६ मिनेटमा मोक्ष हुनेछ ।  सम्पूर्ण ग्रहण अवधि जम्मा  ३ घण्टा ५७ मिनेटको भएर  ग्रस्तोदित खग्रास १ घण्टा ४४ मिनेटसम्म रहनेछ।

खगोल विज्ञान तथा ज्योतिष शास्त्रका विद्यार्थीका लागी भने यो दिन अझ विशेस रहेको छ।  गुरु पुर्णिमाको दिन रहेको ग्रहणका दिनमै मंगल ग्रह पृथ्वीको नजिक रहेर सुर्य चन्द्र पृथ्वी सगै एकै रेखामा रहनेछ।  रातो ग्रह मंगलको अवलोकन खग्रास चन्द्र ग्रहण लाग्दा स्पष्ट सग गर्न सकिन्छ।

सूतक समयः
– दिउँसो ३ बजेर ९ मिनेटदेखि रहेको छ भने    बालक, बृद्ध, रोगी तथा गर्भवती महिलाहरू बाहेक अरूलार्इ भोजन निषेध गरिएको छ ।  विशेषगरी ग्रहणको समयमा गर्भवती महिलाहरू घरबाट  बाहिर निस्कनु हुँदैन भने अन्य पूजा आचा देखि महत्वपूर्ण कार्यहरु यस समयमा शास्त्र अनुसार निषेध गरिएको छ।

ग्रहणको समयमा के गर्ने, के नगर्ने ?
– शास्त्र अनुसार ग्रहणको समयमा गङ्गा स्नान, ध्यान, जप, दाङ, भक्ति आदि गर्नु शुभ मानिन्छ। यसको वैज्ञानिक आधार खोज्ने हो भने पनि चन्द्रमा ले मनका तरंगलाई प्रभावित गरेको हुन्छ र यो समयमा चन्द्रमा प्रभावित व्यक्तिहरुको मनमा डर, शंका आदि उत्त्पन्न हुने गर्छ। यदि ध्यान, जप आदि गने हो भने मनमा आउने नकारात्मक भावनालाई न्यूनीकरण गर्छ र ध्यान एकीकृत भई सम्भावित मानसिक समस्यालाई कम गरिदिन्छ।

– कुनै पनि गुप्त विद्या सिद्ध गर्न ग्रहणको समयलाई महत्वपूर्ण मान्ने गरिन्छ। यसका साथै ग्रहको बिज मन्त्र, तान्त्रिक मन्त्र जप गर्नु पनि शुभ मानिन्छ। यसको वैज्ञानिक कारणहरु पनि रोचक रहेका छन्।  चन्द्रमाको कुनै पनि उर्जा पृथ्वीसम्म सजिलै आउँन  नसकेको  अवस्थामा वायुमण्डलमा हुने  कस्मिक रेडियसनका सुक्ष्म पदार्थहरुबिचको आणविक एवं रासायनिक प्रक्रियामा पनि प्रभाव गर्ने गर्छ जसको कारण ग्रहण प्रभावित क्षेत्रमा एक छुट्टै प्रकारको उर्जा विकसित भैरहेको हुन्छ। यसले हाम्रो मनको  चेतन तरङ्गहरुलाई हलचल ल्याउने काम गर्छ र नियन्त्रण भन्दा बाहिर जाने सम्भावना रहन्छ। यस्ता मन्त्रहरु पढ्दा, मन्त्रको  फ़्रेक्युइन्सिले मनको तरंगलाई चेतन अवस्थामा जागृत गराईदिञ्छ र एकाग्रता बढ्नुको साथै स्मरण शक्ति पनि बढ्ने गर्छ।

– पढ्दा , साहित्य रचना गर्दा, संगीत सिक्दा पनि राम्रो मान्ने गरिन्छ। यसको प्रमुख लक्ष्य भनेकै ध्यान एकीकृत गर्नु र कल्पना शक्ति  वृद्धि गर्नु हो।

-सुत्नु हुदैन
हाम्रो शरीरमा पनि सम्पूर्ण उर्जाहरु प्रबाह भैराखेको हुन्छ भने खासगरि इलेक्ट्रो म्याग्नेटिक इनर्जीले नै मानसिक अवस्थालाई  सन्तुलन गरेको हुन्छ।  ग्रहणको समयमा पोलारिटिमा पनि सामान्य परिवर्तन हुने गर्छ र सुत्दा पृथ्वीको चुम्बकीय ध्रुब र हाम्रो शरीरको चुम्बकीय ध्रुव विच असन्तुलन हुन गई ईन्सोमेनिया, डिप्रेसन, नशा रोग, कमजोर स्मरण शक्ति जस्ता  प्रभावहरु देखिन सक्छन्।

– खुल्ला दिशापिसाब गर्नु हुदैन
ग्रहणको समयमा हानिकारक विकिरण पनि आउने गर्छन्। खुल्ला ठाउमा दिशा पिसाब गर्दा, हानिकारक  विकिरणको प्रभावले छालामा समस्या, गुप्त रोग. संक्रमित रोग आदीले समात्न सक्छ।

ग्रहणको समयमा हाम्रो घरमा विकिरण तथा नकारात्मक उर्जा घरभित्र प्रवेश हुने भएकाले ग्रहणकालमा पकाएर खानेकुरा राख्नुहुँदैन र दुध दहि जस्ता फाल्न नमिल्ने खाध्य चिजहरुमा भने बहिर भाडामा  गाईको गोबर   राख्न सकिन्छ  र  यसका साथै घरको मुख्य द्वारमा या अन्य  खानेकुराको  नजिक पनि   शुद्ध गार्इको गोबर राख्नाले ग्रहणबाट निस्कने विकिरण तथा नकारात्मक उर्जालार्इ रोक्ने काम गर्दछ, गाईको गोबरमा नकरात्मक विकिरणलाई रोक्ने क्षमता रहेको हुन्छ।

यसपटकको खग्रास चन्द्रग्रहण उत्तरषाढा र श्रवण नक्षत्रमा परेको हुनाले आउने ६ महिनासम्म उत्तरषाढा र श्रवण नक्षत्रमा कुनैपनि शुभकार्य वर्जित हुन्छ र यसका साथै उत्तरषाढा र श्रवण अर्थात् मकर राशिमा ग्रहणको योग परेककाले विशेषगरी मकर राशि तथा मकर लग्न भएका जातकलार्इ प्रतिकूल हुने देखिन्छ । यस बाहेकका मेषादि बाह्र राशिको ग्रहणफल यसप्रकार रहेको छः

मेष:  सुख मिल्ने
वृष: मानहानी हुने
मिथुन: कष्ट हुने
कर्कट: स्त्री पीडा हुने
सिंह: सुखदायी हुने
कन्या: चिन्ता बढ्ने
तुला: व्यथा बढ्ने
बृश्चिक: श्री प्राप्ति हुने
धनु: क्षति हुने
मकर: घात हुने
कुम्भ: खर्च बढ्ने
मीन: लाभ हुने

सम्बन्धित् समाचार