कपिलवस्तु जिल्लाबाट बाके जिल्लामा सरुवा भै जान थालेका प्रमुख जिल्ला अधिकारी मदन भुजेललाई तौलिहवा उद्योग बाणिज्य संघले एक कार्यक्रममा बिच बिदाई गरेको छ । संघको आयोजनामा तौलिहवामा प्रजिअ भुजेललाई बिदाई गरिएको हो । सो अवसरमा बोल्दै प्रजिअ भुजेलले आफनो ११ महिने कार्यकालमा उद्योगी व्यवसायीलाई निर्धक्क व्यवसाय गर्ने बातावरण बनाउन सफल भएको बताए । आगामी दिनमा उद्योगी व्यवसायीको अधिकारका लागी संघले थप क्रियाशिलताका साथ कार्य सम्पादन गर्नु पर्ने तथा सामाजिक सरोकारका बिषयमा अगुवाई गर्न आवश्यक रहेको सुझाव दिएका थिए । सो अवसरमा संघका अध्यक्ष गयादिन कुर्मीले प्रजिअ भुजेलको कार्यकालमा उद्योगी व्यवसायीले पुर्ण रुपमा सुरक्षाको प्रत्याभुती गरेको र व्यवसायमैत्री बातावरण निर्माण भएको बताए । आफुहरु व्यवसायीक हितमा क्रियाशिल रहेको स्पष्ट पार्दै स्थानिय प्रशासनले व्यवसायीलाई सहज रुपमा कार्य गर्ने बातावरण दिनु प्रशंसनिय रहेको बताए । प्रशासन र संघ बिचको राम्रो सम्बन्धले व्यवसायीको अधिकार संरक्षणमा सहयोग पुर्याएको संघकी महिला सदस्य सबिता श्रेष्ठले बताईन ।
तौलिहवा उद्योग बाणिज्य संघकाे अायाेजनामा प्रजिअको बिदाई
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैहिरो कप खुल्ला नकआउट क्रिकेट प्रतियोगीता सुरु
२३ मिनेट अघि
५ महिनामा आगलागीबाट १६ जनाको ज्यान गयाे
५ घण्टा अघि
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
५ घण्टा अघि