गृहपृष्ठ खबर सानालाई ऐन, ठुलालाई चैन कपिलवस्तुमा शसस्त्रद्वारा हुकिङ्ग, प्राधिकरण अनभिज्ञ

सानालाई ऐन, ठुलालाई चैन कपिलवस्तुमा शसस्त्रद्वारा हुकिङ्ग, प्राधिकरण अनभिज्ञ

पछिल्लो समय बढदो लोडसेडिङ्ग हटाउने निर्णयलाई कार्यान्वयन गर्न कै लागी देशैभर बिद्युत चुहावट नियन्त्रण अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिदै आएको छ । अभियानकै क्रममा कपिलवस्तु जिल्लामा रहेका नेपाल बिद्युत प्राधिकरणका बिभिन्न बितरण केन्द्रले चुहावट नियन्त्रण अभियान चलाएका तस्बिर सामाजिक सञ्जालमा दैनिक जसो भाईरल हुने गरेका छन । प्राधिकरणले अभियान प्रभावकारी बनाउकै लागी जिल्लास्तरमा कार्यदल समेत बनाएको छ । चुहावट नियन्त्रण अभियानमा नेपाल प्रहरी र शसस्त्र प्रहरी बलको सहयोग रहेको बिषय अभियान सँग जोडिएका तस्बिरले समेत प्रष्टयाउदै आएको छ । तर चुहावट नियन्त्रण अभियानका क्रममा नागरिकले गल्ती गरेर चुहावटको कारवाही खेप्न बिद्युत प्राधिकरणलाई सहयोग पुर्याउने गरेको शसस्त्र प्रहरी बलले आफैले हुकिङ्ग गरि बिद्युत उपभोग गर्दै आएको भेटिएको छ । तौलिहवा जितपुर सडकखण्ड स्थित शसस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय अन्र्तगतको कपिलवस्तु नगरपालिका वडा नम्बर ६ थुम्हवामा रहेको शसस्त्र प्रहरीको अस्थाई चेक पोष्टमा बिद्युत पोलबाटै सोझै हुकिङ्ग गरि बिद्युत उपभोग गरिने गरिएको छ ।
केहि बर्ष यता अस्थाई बिट राखि चेक जाँच गर्दै आएको शसस्त्र प्रहरीले अहीले चेकजाँचका लागी अस्थाई चेकपोष्ट निर्माण गरेको हो । सोहि चेक पोष्टमा भित्र बिद्युतको वायरिङ्गको कार्य सम्पन्न भएको भए मटिर जडान तर्फ ध्यान नदिई पोलबाट हुकिङ्ग गरि बिद्युत उपभोग गर्दै आएको भेटिएको छ । अस्थाई पोष्ट निर्माण पछि कार्यालयले तत्काल मिटरको लागी आवेदन दिएर मिटर प्राप्त गर्न सक्ने भए पनि शस्सत्र प्रहरी मिटर जडान गर्ने भन्दा हुकिङ्ग गर्ने कार्यका लागी अग्रसर भएको भेटिएको हो । टुडेकर्मीले हुकिङ्गका बिषयमा समाचार संप्रेषणका लागी तस्बिर लिन गए लगत्तै शसस्त्रले हुकिङ्ग हटाउने योजना बनाएको खुल्न आएको छ । शस्सत्र प्रहरीको सो चेक पोष्टमा हुकिङ्ग गरिएको बिषयमा आफु नै अनभिज्ञ रहेको शस्सत्र प्रहरी बल सिमा सुरक्षा कार्यालय कपिलवस्तुका शसस्त्र प्रहरी उपरिक्षक दिपक अधिकारीले बताए । “चेक पोष्टमा हुकिङ्ग गरिएको बिषयमा म अनभिज्ञ छु । हुकिङ्ग गर्ने कार्य गलत हो । तत्कालै हुकिङ्ग हटाएर मिटर जडानको प्रक्रियामा जानका लागी निर्देशन दिन्छु । ” उपरिक्षक अधिकारीले भने । आम नागरिकलाई बर्षौ सम्म मिटर नदिने र आकस्मिक रुपमा प्रयोग गर्दा कारवाही गर्ने बिद्युत प्राधिकरणले सुरक्षा निकायले हुकिङ्ग गर्दा अनभिज्ञता व्यक्त गर्नु दोहोरो चरित्र भएको सेवाग्राहीको आरोप छ । “अरुले हुकिङ्ग र मिटर बाईपास गरी चुहावट गरे बिद्युत चुहावट नियन्त्रण ऐन २०५८ को बिद्युत चोरी नियन्त्रण नियमावली २०५९ अनुसार कारवाही हुने अनी सुरक्षा निकायलाई किन कारवाही नहुने ? ” एक सेवाग्राहीले प्रश्न गरे । शसस्त्र प्रहरीले बिद्युत हुकिङ्ग गरि चुहावट गरेको प्रकरणमा प्रतिक्रिया लिदा नेपाल बिद्युत प्राधिकरण तौलिहवा बितरण केन्द्रका निमित्त प्रमुख ईन्जिनियर अर्जुन पोख्रेलले अनभिज्ञता प्रकट गरे । सो पश्चात आफुहरुले मौखिक सुचनाका आधारमा शसस्त्र प्रहरीले बिद्युत हुकिङ्ग गरेका जानकारी पाउदाँ बिगतमा आफुहरुले बिद्युत हुकिङ्ग रोक्न भनेको भए पनि सो नगरिएको भए हटाउन लगाईने उनले प्रतिक्रिया दिए । 

फोटो क्याप्सन  शसस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय कपिलवस्तुको कपिलवस्तु नगरपालिका ६ थुम्हवामा रहेको अस्थाई चेक पोष्टको भवनमा पोलबाट सोझै हुकिङ्ग गरि बिद्युत उपभोग गरिदै आएको छ ।

 

सम्बन्धित् समाचार