गृहपृष्ठ खबर जितपुरमा पुराना कपडावाट गज्जबका नया सिरक डसना

जितपुरमा पुराना कपडावाट गज्जबका नया सिरक डसना

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगामा पुराना कपडाबाट कपास बनाएर नयाँ सिरक डसना बन्ने भएपछि स्थानिय खुशी भएका छन । कपिलवस्तुको बाणगंगा नगरपालिका बुङचीमा पुराना कपडालाई प्रयोग गरेर नया कपडा बनाउन थालेपछि स्थाानिय खुशी भएका हुन । यहाँ पुराना काम नलाग्ने कपडालाइ पुन नयाँ बनाएर प्रयोगमा ल्याउन उद्योग सँचालनमा आएको हो । काम नलाग्ने पुराना कपडाबाट नयाँ कपास बनाउने उद्योग सिद्धिपुरमा कपिलवस्तु कपास उद्योगको नामबाट सञ्चालनमा रहेको छ । प्रयोग गरेर काम नलाग्ने अवस्थामा पुगेका पुराना कपडालाइ कार्डन मेसिनको सहयोगले नयाँ कपास बनाएर पुन नयाँ कपडा बनाउन सकिने सँचालक चन्द्रकान्त पोख्रेल(सिके) को भनाई रहेको छ । उक्त कपासवाट नयाँ सिरक,डसना,तकिया लगायतका नयाँ कपडा बनाउने गरिएको छ । उच्च प्रबिधीबाट पुराना कपडालाइ कपास उत्पादन गरि नयाँ कपडा बनाउँदा सस्तो र खेर गएका कपडा प्रयोगमा आएपछि सेवाग्राही समेत खुसी भएका छन ।
उद्योगले राम्रो बजार पाउनुका साथै ६ जनाले रोजगारी समेत पाएका छन । पुराना कपडा तह लगाउन सजिलो भएकाले खर्च जोगाउन चाहनेहरुको लर्को लाग्ने उनले बताए । कपडाहरु काटेपछि मेसिनमा पेलेर कपास उत्पादन गरिन्छ । एक किलो कपडा पेल्न उनले २० रुपैयाँ लिने गर्छन । ३० लाख लगानीबाट सुरु गरिएको उक्त उद्योगबाट प्रतिमहिना ५० हजार रुपैया आम्दानी हुने उद्योग सँचालक पोखरेलले जानकारी दिए । जसमा तिन जना युवाको सामुहिक लगानी रहेको छ । उद्योगका कारण बाणगंगा , बुद्धभुमि, कपिलवस्तु नगरपालिकाका स्थानियलाई फाइदा पुगेको छ ।

सम्बन्धित् समाचार