गृहपृष्ठ खबर जितपुरमा पुराना कपडावाट गज्जबका नया सिरक डसना

जितपुरमा पुराना कपडावाट गज्जबका नया सिरक डसना

कपिलवस्तुको बाणगंगामा पुराना कपडाबाट कपास बनाएर नयाँ सिरक डसना बन्ने भएपछि स्थानिय खुशी भएका छन । कपिलवस्तुको बाणगंगा नगरपालिका बुङचीमा पुराना कपडालाई प्रयोग गरेर नया कपडा बनाउन थालेपछि स्थाानिय खुशी भएका हुन । यहाँ पुराना काम नलाग्ने कपडालाइ पुन नयाँ बनाएर प्रयोगमा ल्याउन उद्योग सँचालनमा आएको हो । काम नलाग्ने पुराना कपडाबाट नयाँ कपास बनाउने उद्योग सिद्धिपुरमा कपिलवस्तु कपास उद्योगको नामबाट सञ्चालनमा रहेको छ । प्रयोग गरेर काम नलाग्ने अवस्थामा पुगेका पुराना कपडालाइ कार्डन मेसिनको सहयोगले नयाँ कपास बनाएर पुन नयाँ कपडा बनाउन सकिने सँचालक चन्द्रकान्त पोख्रेल(सिके) को भनाई रहेको छ । उक्त कपासवाट नयाँ सिरक,डसना,तकिया लगायतका नयाँ कपडा बनाउने गरिएको छ । उच्च प्रबिधीबाट पुराना कपडालाइ कपास उत्पादन गरि नयाँ कपडा बनाउँदा सस्तो र खेर गएका कपडा प्रयोगमा आएपछि सेवाग्राही समेत खुसी भएका छन ।
उद्योगले राम्रो बजार पाउनुका साथै ६ जनाले रोजगारी समेत पाएका छन । पुराना कपडा तह लगाउन सजिलो भएकाले खर्च जोगाउन चाहनेहरुको लर्को लाग्ने उनले बताए । कपडाहरु काटेपछि मेसिनमा पेलेर कपास उत्पादन गरिन्छ । एक किलो कपडा पेल्न उनले २० रुपैयाँ लिने गर्छन । ३० लाख लगानीबाट सुरु गरिएको उक्त उद्योगबाट प्रतिमहिना ५० हजार रुपैया आम्दानी हुने उद्योग सँचालक पोखरेलले जानकारी दिए । जसमा तिन जना युवाको सामुहिक लगानी रहेको छ । उद्योगका कारण बाणगंगा , बुद्धभुमि, कपिलवस्तु नगरपालिकाका स्थानियलाई फाइदा पुगेको छ ।

सम्बन्धित् समाचार