पत्रकार तथा यस हर्टविट एफ एमका स्टेशन म्यानेजर ओम प्रकाश पौडेलको स्वास्थ्य उपचारका लागि विभिन्न संघ सस्थाहरुले आथिक सहयोग गरेका छन् । आज प्याब्सन वाणगंगा नगर समितिको आयोजनामा गरिएको एक कार्यक्रममा जम्मा २ लाख ३१ हजार रकम सहयोग गरिएको छ । जसमध्ये प्याब्सन वाणगंगा नगर समितिले १ लाख ८१ हजार ९ सय १० रकम सहयोग गरेको छ । त्यस्तै सिद्धार्थ क्याम्पसले २३ हजार, वाणगंगा नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष सोमनाथ अर्यालले १० हजार १ सय, होराईजन आवासिय माविका पा्रचार्य तथा रोटरि क्लव अफ मिडटाउँनका अध्यक्ष वासुदेव घिमिरले ब्यक्तिगत ५ हजार, कपिलबस्तु सामुदायिक अस्पतालका अध्यक्ष रामजि सेनले ब्यक्तिगत ५ हजार ५ सय १ तथा कमल क्षेत्री आईएम आईले ५ हजार ५ सय ५५ रकम सहयोग प्रदान गर्नुभएको छ । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै प्रदेश सांसद विष्णु पन्थिले चार नम्बर क्षेत्रमा एउटा सुविधासम्पन्न अस्पतालको खाँचो रहेको औल्याउँनुभयो । उहाँले त्यहि अस्पतालको निर्माणमा आफुु लागि परेको जिकिर गर्नुभयो ।
पत्रकार तथा हर्टविट एफ एमका स्टेशन म्यानेजर पौडेलले सहयोग गर्ने सबै प्रति आभार ब्यक्त गर्नुभयो । प्याब्सन वाणगंगा नगर समितिका अध्यक्ष रोमाकान्त घिमिरेको अध्यक्षता, पदेश सांसद विष्णु पन्थिको प्रमुख आतिथ्यता, ब्यावसनका केन्द्रिय सदस्य सर्वेन्द्र देव खनाल, ब्याब्सन प्रदेश ५ का सहसचिव केशव सापकोटा, नेपाल पत्रकार महासंघ कपिलबस्तु शाखाका पुर्व अध्यक्ष भेषराज पाण्डे, सिद्धार्थ क्याम्पस प्रमुख वालाराम ज्ञवालि वडा नं. ११ का वडाअध्यक्ष सोमनाथ अर्याल लगायतको विशिष्ठ आतिथ्यता, कमल क्षत्री, हर्टविट एफ एमका अध्यक्ष कृष्ण प्रसाद भट्राईको आतिथ्यता रहेको थियो । भुपु सैनिक ईङलिस वोर्डिङ स्कुलका प्रिन्सिपल राज कुमार क्षेत्रीको स्वागत मन्तब्य तथा प्याब्सन वाणगंगा नगर समितिका सचिव राजु अधिकारिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।