गृहपृष्ठ खबर कपिलस्तुमा आगो लगाई नाबालक छोरा सहीत एक अामाले गरीन आत्महत्या 

कपिलस्तुमा आगो लगाई नाबालक छोरा सहीत एक अामाले गरीन आत्महत्या 

प्रकाशित मिति:

श्रीमानको चरम यातनाका कारण कपिलस्तुको यशोधरा गाउपालिका– २ की एक महिलाले नाबालक छोरा सहीत आत्म हत्या गरकी छिन् । श्रीमानको यातना सहन नसके पछि बाध्य भई गोरीको गणेशपुरकी ३० बर्षिया सकुन्तला यादवले शरीरमा आफनो लगाई आफना २ संतान सहीत आत्महत्या गरेकी हुन । नाबालक छोरा छोरीलाई आफनो शरीरमा बाधेर शरीरमा मट्टीतेल खनाएर सकुन्तलाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । घटनामा सकुन्ता र उनका ५ बर्षे छोरा आर्यनको मृत्यु भएको प्रहरी नायब उपरिक्ष रबि रावलले बताए । २ बर्षे छोरी आर्या भने बच्न सफल भएकी छिन । घटनामा उनी सामान्य घाईते भएको र अहिले उनको अवस्था सामान्य रहेको प्रहरी नायब उपरिक्ष रावलले बताए । गुपचुप रहेको यो घटना भारतको उत्तरप्रदेश सिद्धार्थनगर जिल्लाको मिश्रौलिया ग्रामका सुकुन्तालाकी बुवा राज किशोर यादवले बुधवार प्रहरीमा आफनै ज्वाई ३५ बर्षे राम किशुन यादव बिरुद्ध किटानी जाहेरी दिए पछि बाहिर आएको हो । घटना गत साउन ६ गते राति ११ बजेतिर भएको प्रहरीले जनाएको छ । राज किशोरले आफनी छोरी, नाीतलाई आगो लगाएर मारको भन्दै ज्वाई राम किशनु बिरुद्ध किटानी दिएका छन । सकुन्तलाको कम्मर देखि माथीको भा जलेको र आर्यनको कम्मत तलको भाग जलेको थियो । गंभीर घाईते भएका दुबैलाई उपचारकालागि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा लगएिको थियो । सकुन्तालको उपचारकोक्रममा साउन ८ गते मृत्यृ भएको प्रहरीले जनाएको छ ।

बालक आर्यनको भने साउन २२ गते उपचारकोक्रममा पाल्पा अस्पतालमा मृत्यु भएको थियो । प्रहरीले आरोपी राम किशुनलाई पाल्पाबाट पक्राउ गरी ल्याएको छ । सकुन्तालाका बुवा राज किशोरले ज्वाई, सहीत संम्धी संबन्धिनी मिलेर छोरालाई बर्षो देखि यातना कुटपटि गर्दै आएको बताए । सकुन्तालको ७ बर्ष अघि बिवाह भएको थियो । ‘ बिवाह भएको केही महिना पछि नै छोरीलाई ज्वाइले दिनहु कुटपटि गर्ने गर्थे ’ छोरीको मृत्युले निकै दुःखी भएका उनले भने ‘ आखिर ज्वाई र उसका परिवार मिलेर छोरी र नीतलाई जलाएर मारी छाडे ’ । ज्वाई र उनकी भाउजु पार्वती अहिर बिच अनैतिक संबन्ध रहेको र त्यसै बिषयमा छोरी र ज्वाईको दिनहुजासो झगडा हुने गरको राज किशोरले बताए । ‘ अनैतिक संबन्धकै कारण छोरीलाई ज्वाईले हत्या गरेको उनको आरोप छ । उनको ज्वाई सहीत घटनामा संलग्न सबैलाई कडा कारबाहकिो माग गरे । राम किशुनले सकुन्तालाई तेस्रो श्रीमितिकोरुपमा विवाह गरेको प्रहरीको अनुसंधानबाट खुलेका छ । सकुन्तालसंग बिवाह गर्न अघि नौ बर्ष पहिले कपिलवस्तु नगरपालिका– ३ महिताकी एक महिलासंग रामकिशुनले बिवाह गरेका थिए । केही महिना मै उनले पनि बिष सेवन गरी आत्महत्या गरेकी थिईन । त्यो घटना पनि आत्महत्या नभई हत्या नै रहेको गणेशपुरका गाउलेहरु बताउछन । यधपि सो घटनालाई आत्महत्या कायम गरी फाईल बन्द गरिएको थियो । त्यसका केही महिना मै फेरी राम किशुनले कपिलवस्तु नगरपालिका– ४ पिपरीकी एक महिलासंग पुनः दोस्रो बिवाह गरेका थिए । उनलाई पनि कुटपटि र यातना दिन थाले पछि दुई महिना मै घर छाडेर माईती गएकी थिईन । त्यस पछि उनी कहिले त्यहा फर्केर गईनन । प्रहरी उपरिक्षक मनोज कुमार यादवले घटना आत्महत्या वा हत्या त्यो अनुसंधानको बिषय रहेको बताए । उनले ओरोपी राम किशुनको घटनामा संलग्नता रहेको बताए । ओरोपी र उनकी भाउजु बिच अनैतिक संबन्ध रहेको र त्यही बिषयमा श्रीमान र श्रीमिति बिच दिनहु झगडा हुने गरेको प्रारंभिक अनुसंधानबाट खुलेको उनले बताए । कत्तब्र्य ज्यान संबन्धी मुद्दामा राम किशनुलाई अदालतबाट म्याद थपेर अनुसंधान प्रकृया अघि बढाईएको छ । घटनाको सुक्ष्म अनुसंधान भईरहेको उनले बताए । घटना लगत्तै राम किशुनका बुवा बाहाउ यादव, आमा पार्वती, भाउजु घिरौनी फरार छन । उनको खोजी भईरहेको प्रहरीले जनाएको छ । २ बर्षे आर्या भने राज किशोरको घरमा रहेकी छिन । घिरौनीका श्रीमान बिष्णु रोजगारीका लागि मलेसियामा रहेका छन् ।

सम्बन्धित् समाचार