गृहपृष्ठ खबर वाणगंगा नगरपालिका वडा नं ९ मा ५ जनाद्धारा गरिवि परिचयपत्र लिन अस्वीकार ।।

वाणगंगा नगरपालिका वडा नं ९ मा ५ जनाद्धारा गरिवि परिचयपत्र लिन अस्वीकार ।।

प्रकाशित मिति:

कपिलवस्तुको वाणगंगा नगरपालिकाले नगरभित्र गरिवीको सुचिमा सुचिकृत घरपरिवारलाई गरिब परिचयपत्र वितरण कार्य तिव्र रुपमा अगाडि बढाएको छ । नगरपालिका भित्र ११ सय ८६ घरपरिवार गरिवीको सुचिमा सुचिकृत रहेका छन् । जसमध्ये ४६६ जना अति गरिव, ३५९ जना मध्यम र ३६१ जना सामान्य गरिवको सुचिमा सुचिकृत रहेका छन् । सबै भन्दा धेरै वडा नं. १० मा २ सय ६ घरपरिवार गरिवीको सुचिमा सुचिकृत छन् । त्यस्तै सबै भन्दा कम वडा नं. १ मा २३ घरपरिवार गरिवीमा सुचिकृत छन् ।
आज वाणगंगा नगरपालिका वडा नम्बर ८ का १ सय ३ घरपरिवार मध्ये ६८ घरपरिवारलाई गरिवी परिचय पत्र वितरण गरिएको छ । २१ अति, २३ मध्यम र २४ सामान्य गरि ६८ घरपरिवारलाई गरिवी परिचय पत्र वितरण गरिएको नगर प्रवक्ता विष्णु पौडेलले जानकारि दिएका छन् । वडा नं. ९ मा ५ घरपरिवारले अस्वीकार गरेका छन् । २ अति, २ मध्यम र १ सामान्य गरि ५ घरपरिवारले परिचय पत्र लिन अस्वीकार गरेका हुन् ।
वडा नं ९.को वडा कार्यालय भलवाडमा कार्यक्रम सम्पन्न भएको थियो । वडाबाट परिचय पत्र वितरण गर्न नसकिएका घरपरिवारलाई यहि साउँन २९ गते पछि नगरपालिकाबाट वितरण गर्ने नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा नगर सामाजिक विकास शाखाका शाखा अधिकृत मधुकृष्ण पौडेल, लक्ष्मी पौडेल, दिपा केसि, वडा सदस्यहरु लगायतको सहभागिता रहेको थियो । परिचय पत्र वितरण कार्य यहि साउन २८ गते वडा नम्बर ११ बाट सम्पन्न हुने जनाइएको छ । यसैबिच भोलि र २७ गते वडा नं. १० मा गरिवी परिचय पत्र वितरण गरिने नगर प्रवक्ता विष्णु पौडेलले जानकारि दिएका छन् ।

सम्बन्धित् समाचार